सरकारबाट बाहिरिने रास्वपाको संकेत

0 0
Read Time:3 Minute, 33 Second

सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने संकेत गरेको छ।

सरकारमा बस्ने/नबस्नेबारे निर्णय गर्न रास्वपाले बिहीबार दिउँसो ३ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

उक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गर्ने अपेक्षा गरिएको छ।

‘अहिलेको जसरी राजनीति बढिरहेको छ। त्यो हामीले चाहेजसरी भइरहेको छैन। आजको बैठकबाट सरकारबाट बाहिरिने निर्णय हुन्छ होला,’ रास्वपाका एक पदाधिकारीले सेतोपाटीसँग भने।

आजै रास्वपाका सभापति रवि लामिछानेले पनि सरकारबाट बाहिरिने संकेत गरेका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफू अब मौन नबस्ने बताएका छन्। लामिछानेले आफू अभिमन्यु नभएको पनि बताएका छन्।

अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुन्। अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए तर उनलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन। त्यही भएर उनको चक्रव्युहभित्र उनको हत्या भएको थियो।

तिनै पात्रलाई उल्लेख गर्दै  लामिछानले आफू त्यस्तो नभएको बताएका हुन्।

उनले लखेका छन्- अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।

रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले पार्टीको राजनीति जसरी चलिरहेको छ त्यसलाई परिवर्तन गर्नुपर्ने पक्षमा आफू रहेको बताए। 

‘अहिले जसरी चलिरहेको छ। हामी त्यसरी चल्न सक्दैनौं,’ ढकालले भने,‘हाम्रो सभापति रवि लामिछाने पनि सम्झौताको राजनीतिमा कति दिन बस्ने भन्नेमा पुग्नुभएको छ। आज हामी महत्वपूर्ण निर्णय गर्छौं।’

संसदमा १९ जना सांसद भएको रास्वपाले सत्ता गठबन्धनको भागबन्डामा उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो।

सोही अनुसार सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका थिए। उनको पुरानो नागरिकता कायम नभएकाले सांसद पद बदर हुने सर्वोच्चको फैसलापछि उनको पद गुमेको थियो।

आफूलाई फेरि गृह मन्त्री बनाउन लामिछानेले पहल गरेका थिए। प्रधानमन्त्री प्रचण्डले तत्काल गृह मन्त्रालय आफैंसँग राख्ने बताएपछि रास्वपा प्रधानमन्त्री प्रचण्डसँग रूष्ट बनेको छ।

सांसद नरहेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन लागेको भन्दै सार्वजनिक रूपमा आलोचना भइरहेको छ।

Source : Setopati

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%