पक्राउ परेका सांसद अरूण चौधरीलाई अदालत पेस

0 0
Read Time:3 Minute, 38 Second

प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा पेस गरिएको छ।

फरार प्रतिवादीको सूचीमा रहेका चौधरी बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका थिए।

चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्ज लगेको थियो।

नेपालगञ्जबाट काठमाडौं लगेर त्यहाँबाट बिहिबार नै धनगढी ल्याइएको थियो। 

चौधरी नौ वर्षसम्म आगजनी मुद्दामा दोषी ठहर फरार रहेको प्रतिवादी रहेको खुलेको छ।

गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जितेका हुन्। यसअघि पनि उनले दुई पटक निर्वाचन लडिसकेका थिए। ती दुबै चुनाव उनले हारेका थिए। 

२०७४ मा भएको स्थानीय तह निर्वाचनमा मेयरका लागि उम्मेदवारी दिएका थिए। त्यति बेला एमालेका महादेव बजगाईंले मेयरमा जितेका थिए। त्यही वर्ष भएको प्रदेश सभाको निर्वाचनमा पनि चौधरीले उम्मेदवारी दिए। त्यसमा पनि उनी पराजित भए।

स्थानीय तह र प्रदेश सभामा पराजित भएका चौधरी यसपालि प्रतिनिधि सभा निर्वाचन लडे र निर्वाचित भए। 

नौ वर्षसम्म फरार रहेको र पटक-पटक निर्वाचन लडेको भए पनि प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गरेको थिएन।

सांसद चौधरीलगायत तीन जना आगजनी मुद्दामा दोषी ठहर भएकाहरू हुन्।

अरूण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीका तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलाशले २०७० साल वैशाख ९ गते ६ महिना कैद सजाय तोकेको थियो। अदालतले ८ लाख १९ हजार ४२३ रुपैयाँ बिगो भराउन पनि आदेश दिएको थियो। 

आगजनी मुद्दा २०६५ साल भदौ ३ गतेको हो। 

लु २ त २११ नम्बरको ट्याक्टर साजन चौधरीले चलाएर चिसापानीस्थित गोरांगा खोलामा ढुंगा लिन गएका थिए। त्यहाँबाट ढुंगा लोड गरी फर्किने क्रममा सांसद अरूण चौधरी लगायतले ट्याक्टर रोक्न लगाएर चालकमाथि कुटपिट तथा ट्याक्टरमा आगो समेत लगाएका थिए।

उक्त ट्याक्टर लम्कीचुहा नगरपालिकाका महादेव बजगाईंको थियो। जो २०७४ मेयर भएका थिए। उनकै जाहेरीले उनीहरूविरूद्ध मुद्दा दर्ता भई अदालतबाट आदेश भएको थियो।

उनले आफ्नो ट्याक्टर जलाएर आठ लाख १९ हजार ४२३ रुपैयाँ बराबरको क्षति पुगेको दाबी गरेका थिए। अदालतले पनि उक्त बिगो असुल्न आदेश दिएको थियो। 

यसरी आदेश भएर पनि लामो समयसम्म फरार सूचीमा रहेका सांसद चौधरीलगायतलाई प्रहरीले पक्राउ गरेको थिएन।  

Source : Setopati

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%