छिट्टै पार्टी एकता र समाजवादी मोर्चा बन्छ: प्रचण्ड

0 0
Read Time:2 Minute, 10 Second

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै पार्टी एकता र समाजवादी मोर्चा बनाएर जाने बताएका छन्।

‘जनयुद्ध दिवस’ का अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले छिट्टै हुने पार्टी एकताले ऊर्जा दिने बताए। उनले विभिन्न समूहमा रहेका माओवादीहरूलाई पुन: एक बनाउने पहल भइरहेको संकेत गरेका छन्।

‘सबै माओवादी धाराका विभिन्न समूहलाई अब एकताबद्ध भएर फेरि सामाजिक न्याय र रूपान्तरणका निम्ति अपिल गर्न चाहन्छु,’ उनले भने, ‘यो हामी सबैको निम्ति खुसीको कुरा हो, केही समयदेखि आन्दोलनलाई एकतावद्ध गर्ने प्रक्रिया अगाडि बढेको छ। सबैले आ-आफ्नो ढंगले त्यो एकता प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि गरेका छन्।’

उनले धेरै समूहका नेतृत्वसँग आफूले लगातार छलफल गरिरहेको बताए। ‘मलाई विश्वास छ छिट्टै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउनेछ र त्यसले आम माओवादी नेता कार्यकर्ता र जनतालाई पनि फेरि एकपटक नयाँ ढंगले उत्साहित र संगठित हुने वातावरण बन्नेछ।’

उनले कम्युनिष्ट र समाजवादी आन्दोलनका मोर्चासँग पनि समाजवादी मोर्चा बनाएर जाने विषयमा कुराकानी भइरहेको बताए। यसबारे सैद्धान्तिक सहमतिसमेत बनेको प्रचण्डको भनाइ थियो। ‘समाजवादी मोर्चा विकल्पको रूपमा आउनेछ,’ उनले भने।

उनले ‘जनयुद्ध दिवस’ मा ढिलै भए पनि सरकारले बिदा दिएको र यो सहिदप्रति सम्मान र परिवर्तनका लागि संकल्प भएको तर्क गरेका थिए।

Source : Setopati

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%