ल्होत्से मलमा लुटपाट गर्नेमाथि तत्काल कारबाही गर्न कांग्रेसको माग

0 0
Read Time:2 Minute, 7 Second

महतले भने- सरकारले काठमाडौंमै शान्ति सुरक्षाको प्रत्याभूति दिन सकेन

नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले नयाँ बसपार्कस्थित ल्होत्से मलमा सोमबार भएको लुटपाटमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्।

यातायात मजदुरहरूको आन्दोलनका क्रममा ल्होत्से मलभित्र पसेर केही व्यक्तिहरूले दुई मोबाइल पसल र मोबाइल रिपेरिङ ल्यावमा लुटपाट गरेका थिए। यससम्ब्धी भिडिओहरू पनि बाहिरिएका थिए।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस प्रवक्तासमेत रहेका सांसद महतले लुटपाटमा संलग्नमाथि तत्काल सरकारले कारबाही गर्नुपर्ने बताए।

‘लुटपाटका फुटेज बाहिर आएका छन् तर अहिलेसम्म कुनै कारबाही अघि बढ्दैन,’ उनले भने, ‘काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले दिन सक्दैन भनेदेखि दुरदराजमा बस्ने नागरिकको हालत के हुन सक्दछ? सरकार गम्भीर हुनुपर्छ र दोषीलाई तत्काल कारबाही गर्नुपर्छ।’

उनले यातायात मजदुर तथा व्यवसायीहरूले उठाएका माग सम्बोधन गर्न पनि सरकारसँग माग गरेका छन्। उनले अराजक प्रवृत्ति फैलिने डरको सुरूवात यस्तै क्रियाकलापहरूले हुने भन्दै तत्काल यथार्थ छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनले बताए।

मोबाइल व्यवसायीहरूले मंगलबार पत्रकार सम्मेलन गरी आफूहरूको करिब १० करोड मूल्य बराबरका मोबाइल लुटपाट भएको र यसको क्षतिपूर्ति सरकारले व्यहोर्नुपर्ने बताएका थिए।

Source : Setopati

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%