मर्यादा विष्ट उपाध्यक्ष पदका लागि एकमात्र महिला उम्मेद्बार, ‘भन्छिन् सबैको सहयोग पाउने बिश्वास छ’

0 0
Read Time:3 Minute, 23 Second

काठमाडौं । यतिवेला अनेरास्वियुको नयाँ नेतृत्व चयनको प्रक्रियाले धेरैको ध्यान त्यतातिर तानेको छ । उम्मेद्बार आफू अनुकुलको लबिङमा छन् । नेतृत्वलिन धेरैको कसरत छ ।

नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वियुको २३औँ महाधिवेशनको नेतृत्व चयनमा सहमति नभए मतदान प्रक्रियाबाट टुंगो लगाउने तयारी भएको छ ।

त्यसका लागि विद्युतीय मतदानको व्यवस्था भइसकेको अखिलका नेताहरूले बताएका छन् । अखिलको अध्यक्षका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल, मोती विश्वकर्मा र लोकेश निरौला सहित ५ जनाले उम्मेद्बारी दिएका छन् ।

यसैगरी, अध्यक्ष पछिको अर्को महत्वपूर्ण पद महासचिवमा पनि ५ जनाको उमेद्घवारी परेको छ। जसमा नरेश रोकाया, सुर्दशन सिवाकोटी, उमेश आचार्य, कल्पना बाइवा र भाष्कर खनालले उम्मेद्बारी दिएका छन् ।

उपाध्यक्षमा मर्यादा विष्ट, नारायण घर्ती, किरण सापकोटा, गोविन्द गिरी, प्रकाश भुजेल, एलबी सिंह, पंकज भण्डारी, दिपेश प्रसाईं, तपेन्द्र जंग शाही, जुन तामाङ, डम्बर अधिकारी, धर्म गिरी लतायत १७ जनाकाले उम्मेद्बारी दिएका छन् जस मध्ये ४ जना निर्वाचीत हुने छन् ।

उपाध्यक्ष पदका लागि एक मात्र महिला उमेदवार मर्यादा विष्टले आफ्नो उम्मेद्घवारी रहेको र एकमात्र महिला उम्मेदवार भएकाले सबैले आफू प्रति बिश्वास र माया प्रकट गर्नेमा आफू आशावादी रहेको बताउनु भयो । लामो समयदेखि राजनीतिमा होमिएकी उनी सक्षम, क्षमतावान् युवा नेत्री भएकाले उनको जितले अनेरास्वियु थप बलियो बन्ने नेताहरूले बिश्वास लिएका छन् । नेताहरूले सबैपदमा सबल सक्षम नेतृत्व चयन गर्न अनुरोध गरेका छन् ।

१० जना सचिव पदमा ५० जना भन्दा बढीको उम्मेद्बारी परेको छ। जसमा अन्जना सिवाकोटी, अञ्जु पाण्डे, विनिता काफले, सजिना थापा मगर, भिष्म सुवेदी, चुण्डामणी भट्ट, सरोज पोखरेल, टुकलाल गैरे, मनोज ताम्ली, प्रकाश पौडेल, राजेश नेपाली ,आरके रोमस, सुरेश भट्टराई, सन्जय दवाडी, सरोज पोखरेल, रक्षा बम, रिता ढकाल, मदन विष्ट, कृष्ण बम, मनोज ताम्ली, सुरेश अधिकारी, इन्द्र पौडेलले लगायतले उम्मेद्बारी दिएका छन् ।

कोषाध्यक्षमा प्रदीप जीसी, प्रजोल फुयाँल, संगम अर्याल लगायतले उम्मेद्बारी दिएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%