मर्यादा विष्ट उपाध्यक्ष पदका लागि एकमात्र महिला उम्मेद्बार, भन्छिन् ‘सबैको सहयोग पाउने बिश्वास छ’

0 0
Read Time:2 Minute, 51 Second

काठमाडौं । यतिवेला अनेरास्वियुको नयाँ नेतृत्व चयनकाे प्रक्रियाले धेरैकाे ध्यान त्यतातिर तानेकाे छ । उम्मेद्बार आफू अनुकुलकाे लबिङमा छन् । नेतृत्वलिन धेरैकाे कसरत छ ।

नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वियुको २३औँ महाधिवेशनको नेतृत्व चयनमा सहमति नभए मतदान प्रक्रियाबाट टुंगो लगाउने तयारी भएको छ ।

त्यसका लागि विद्युतीय मतदानको व्यवस्था भइसकेको अखिलका नेताहरूले बताएका छन् । अखिलको अध्यक्षका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल, मोती विश्वकर्मा र झपिन्द्र खत्रीले दाबी गरिरहेका छन् ।

यसैगरी, अध्यक्ष पछिको अर्को महत्वपूर्ण पद महासचिवमा पनि धेरै आकांक्षी देखिएका छन् । महासचिवमा निवर्तमान उपमहासचिवहरू नारायण घर्ती, सुर्दशन सिवाकोटी, गोविन्द गिरी, भाष्कर खनाल, नरेश रोकाया र धर्म गिरीले दाबी गरिरहेका छन् ।

उपाध्यक्षमा मर्यादा विष्ट, प्रकाश भुजेल, एलबी सिंह,किरण सापकोटा, पंकज भण्डारी र दिपेश प्रसाईंले दाबी गर्दै आएका छन् ।

उपाध्यक्ष पदका लागि एक मात्र महिला उमेदवार मर्यादा विष्टले आफ्नो दावी रहेको र एकमात्र महिला उम्मेदवार भएकाले सबैले आफू प्रति बिश्वास र माया प्रकट गर्नेमा आफू आशावादी रहेको बताउनु भयो । लामाे समयदेखि राजनीतिमा हाेमिएकी उनी सक्षम, क्षमतावान् युवा नेत्री भएकाले उनकाे जितले अनेरास्वियु थप बलियाे बन्ने नेताहरूले बिश्वास लिएका छन् । नेताहरूले सबैपदमा सबल सक्षम नेतृत्व चयन गर्न अनुराेध गरेका छन् ।

सचिवमा सबैभन्दा बढी दाबेदार रहेका छन् । जसमा राजेश नेपाली ,आरके रोमस, अन्जना सिवाकोटी, सुरेश भट्टराई, सन्जय दवाडी, सरोज पोखरेल, सजिना थापामगर, रक्षा बम, रिता ढकाल, मदन विष्ट, कृष्ण बम, मनोज ताम्ली, सुरेश अधिकारी र इन्द्र पौडेलले दाबी गर्दै आएका छन् । कोषाध्यक्षमा प्रदीप जीसी र प्रजोल फुयाँलले दाबी गर्दै आएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%