नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन १० गतेसम्मका लागि स्थगित भएको छ।

आजको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले साउन १० गते बेलुकी ४ बजे केन्द्रीय समिति बैठक बस्ने जानकारी गराएका हुन्।

‘साउन १० गते बेलुकी ४ बजे अब केन्द्रीय समिति बैठक बस्छ,’ उनले भने, ‘त्यहाँ त मैले बोल्नैपर्ला।’ 

सोमबार केन्द्रीय समितिमा उपसभापतिहरू र महामन्त्रीहरूले धारणा राखेका थिए।

Source: Setopati