कर्णाली प्रदेश सभाको पहिलो बैठक आज, सभामुख चयन गर्न मिति तोक्ने

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज बस्दै छ।

सोमबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो।

कर्णाली प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार आजको बैठकका लागि चार कार्यसूची तय गरिएको छ।

सुरूमा प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउने, त्यसपछि सहिदको स्मरण गर्ने कार्यसूची छ।

साथै दलका तर्फबाट नेता वा सांसदले दलीय धारणा राख्नेछन्।

सभामुख चयनका लागि निर्वाचन तोक्ने कार्यसूची पनि आजको संसद बैठकमा छ।

प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ।

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकको अध्यक्षता भने ज्येष्ठ सदस्य विनोदकुमार शाहले गर्ने छन्।

दैलेख २ (२) बाट निर्वाचित ६६ वर्षीय शाह कर्णाली प्रदेश सभाका ४० सदस्यमध्ये जेठो सदस्य हुन्।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का एक/एक जना सांसद छन्।

प्रदेश सभामा एक जना स्वतन्त्र सांसद छन्।

ज्येष्ठ सदस्यसहित ४० जना सांसदले पुस ११ गते पद तथा गोपनीयताको सपथ लिएका थिए।

Source : Setopati

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *