|

कोशी प्रदेश प्रमुखमा डिआइजी खापुङ

झापा । कोशी प्रदेशको प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी चन्द्रकुबेर खापुङले पाएका छन् । मंगलबार (आज) प्रहरी प्रधान कार्यालयले गरेको काज सरुवाअनुसार अख्तियार अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौंमा कार्यरत खापुङलाई कोशी प्रदेशको जिम्मा दिइएको हो ।

प्रहरी संगठनमा खापुङ इमान्दार छवी भएका उच्च अधिकृत मानिन्छन् । सालिन स्वभावका खापुङ साहित्य लेखनमा समेत अग्रसर रहेका छन् ।

हालका कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक(डिआइजी) राजेशनाथ बास्तोलाकोे सरुवा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशानलय नक्सालमा भएको छ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक(डिआइजी) को आज सरुवा निकालिएको हो ।

Similar Posts