|

बिर्तामोड युनाइटेड इलाम गोल्डकपको सेमीफाइनलमा

इलाम । बिर्तामोड युनाइटेड प्रथम इलाम गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा जागृति युवा क्लब इटहरीलाई ३ .० गोल अन्तरले हराउँदै अन्तिम चारमा सुरक्षित गरेको हो ।झापाका लागि हिसुब थपलियाले ३८ र ५१औं र प्रशान्त लक्समल ८६ औं मिनेटमा गोल गर्दै टिमलाई जीत दिलाए ।

खेलको म्यान अप द म्याच विजेता टीमका हिसुब थपलिया घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।गोल्डकपमा भारतको एक टिमसहित ८ टिमले सहभागीता जनाएका छन् । गोल्डकपको विजेताले नगद रु पाँच लाख र उपविजेताले नगद रु तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद रु पाँच हजार प्रस्कार प्रदान गरिने आयोज रेडहर्षका अध्यक्ष साङ्गे योल्मूले बताए ।

Similar Posts