|

भिजिट भिसामा विदेश जानेलाई खुकुलो प्रावधान 

ad

काठमाडाैं । भिजिट (पर्यटक) भिसामा विदेश जानेसम्बन्धी कार्यविधि सरकारले खुकुलो बनाएको छ । सम्बन्धित व्यक्तिलाई नै जिम्मेवार बनाई गृह मन्त्रालयले बुधबारदेखि ६ बुँदे नयाँ कार्यविधि लागू गरेको हो । यसअघिको १७ बुँदे मापदण्डले सेटिङ बढाएको निष्कर्ष निकाल्दै सरकारले त्यसलाई खारेज गरी नयाँ कार्यविधि लागू गरेको हो । 

नयाँ मापदण्डअनुसार भिजिट भिसामा खाडी देश जानेले अध्यागमन विभागले बनाएको एक कागजमा स्वघोषणा गर्नुपर्ने हुन्छ । खर्चदेखि तोकिएको मितिभित्रै फर्कने गरी स्वघोषणा गर्नुपर्ने व्यवस्था नयाँ कार्यविधिमा छ । संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबिया जान स्वघोषणासम्बन्धी कागजमा विवरण भरेर हस्ताक्षर गर्नुपर्ने हुन्छ ।

यसबाहेक ६ महिना म्याद भएको पासपोर्ट, दुईतर्फी टिकट, होटेल बुकिङ र पाँच सय अमेरिकी डलर चाहिने प्रावधान छ । भिजिट भिसामा जानेहरू अलपत्र पर्ने तथा बेचिन सक्ने भएकाले घुम्न मात्र जान लागेको हो भनेर स्वघोषणा गर्ने प्रावधान लागू गरिएको अध्यागमन विभागका अधिकारीहरू बताउँछन् । 

Similar Posts