अवैध रुपमा नेपलमा बसेर फुटबल खेल्दै आएका सेनेगलका नागरिक भारतबाट पक्राउ
झापा । लामो समयबाट अबैध रुपमा नेपाल बसोबास गरेर व्यावसायीक रुपमा फुटबल खेल्दै आएका सेनेगलका नागरिक सोमवार भारतको नक्सालवाडीबाट पक्राउ परेका छन् ।
सेनेगलका नागारिक अब्दुला अबुवकर नक्सालवाडीमा फटबल खेलेर लुकिछिपि नेपाल प्रवेश गर्ने क्रममा भारतिय एसएसबीले सोमबार साँझ पक्राउ गरेको हो । २०१९ मै नेपालको भिजा सकिए पनि अब्दुला नेपालका बिभिन्न क्लवबाट फुटबल खेल्दै आएका थिए । एसएसबीले सोमबार साँझ २२० सीसीको पल्सर बाईकमा अर्का एक भारतिय नागरिक सहित पक्राउ गरेकाअब्दुलाई सहित दुबैलाई नक्सालबाडी थानामा बुझाइएको भारतिय प्रहरीले पुष्टी गरेको छ । उनिहरु दुबैलाई दार्जेलिङ जिल्लाको सिलिगुडी स्थित मेजिष्टर अफिसमा पेस गरिएको स्रोतले बतायो ।
नेपालमा अब्दुला अबुवकर जस्तै अवैध रुपमा बसेर फुटबल खेल्ने अफ्रिकन मुलुकका सयौं खेलाडीहरु रहेका छन् ।