को-को बन्दैछन् मन्त्री ?
झापा । सत्ता गठबन्धन भत्किने भएपछि एमालेसहितको गठबन्धन ब्युँत्याएर भएको छ । यो गठबन्धनले आजै नयाँ मन्त्रिमण्डल गठन गर्ने छ ।
जसमा एमालेका एक, रास्वपाका एक, जसपाका एक मन्त्री रहनेछन् । एमालेबाट संसदीय दलका प्रमुख सचेतक पदम गिरीलाई पठाउने भएको छ ।
त्यसैगरी रास्वपाबाट सभापति रवि लामिछाने मन्त्रीका रूपमा शपथ लिने बताइएको छ । यस्तै जसपाबाट उपेन्द्र यादव आफै सरकारमा जाने बुझिएको छ ।