आगोले जलेर गौरीगञ्जमा एकजनाको मृत्यु
झापा । झापाको गौरीगञ्ज गाउँपालिका १ बिर्खेबस्तीमा आगोले जलेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५५ बर्षीय निलकण्ठ घिमिरे रहेको प्रहरीले जनाएको छ । रंगेथान बस्ने गरमलाल राजवंशीको तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आगलागी हुँदा घिमिरेको जलेर मृत्यु भएको हो ।
राजवंशीले जानकारी गराउनासाथ प्रहरी टोली खटिगई मृतक घिमिरेको शवलाई कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घिमिरे हिजो साँझ ५ बजे घरबाट हिडेका थिए ।