इलाम २ को अन्तिम तथ्यांक : ६० प्रतिशत खस्यो
इलाम । इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा ६० प्रतिशत मत खसेको देखिएको जनाएको छ ।
यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले अहिलेसम्म सबै केन्द्रबाट आएको विवरणमा ६० प्रतिशत मत खसेको बताए । ‘प्रहरीको रिपोर्ट र मतदानस्थलका कर्मचारीले टिपाएको विवरणका आधारमा यो तथ्यांक आएको छ,’ उनले भने, ‘यो नै अहिलेसम्मको फाइनल तथ्यांक हो ।’
इलामका ७९ मतदानस्थलका एक सय ४९ वटै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भएको उनले जनाए । अब मतपेटिका ल्याउनेक्रम सुरु भएको उनको भनाइ छ ।
यस्तो छ विवरण :