०८१ देखि ०९१ सम्म ‘विज्ञान प्रविधि दशक’
झापा । सरकारले २०८१ देखि २०९१ को अवधिलाई ‘विज्ञान प्रविधि दशक’को रूपमा कार्यान्ववयन गर्ने जनाएको छ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१÷८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
अर्थमन्त्री पुनले त्यसको थालनीको लागि प्रविधिकतर्फ एक अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराए।