रोङ प्रतिभा खोजी : छानिए १९२ प्रतिभा
रोङ । रोङ गाउँपालिभित्र रहेका प्रतिभा खोजी अभियानअन्तर्गत प्रारम्भिक चरणमा १९२ प्रतिभा छनोट गरिएको छ । गाउँपालिकाको ६ वटै वडाबाट १९२ जना प्रतिभाको छनोट गरिएको रोङ प्रतिभा खोजी निर्देशक समितिका संयोजक प्रमेश राईले जानकारी दिए ।
गायन, नृत्य र कवितामा प्रारम्भिक चरणमा अडिसन लिइएको थियो । प्रतिभा खोजी अभियानमा उत्साहजनक सहभागिता रहको निर्देशक समिति सदस्य स्वस्तिका मुखियाले बताइन् । प्रतिभा छनोट कार्यक्रमका लागि ३१८ जनाले फारम भरेका थिए । जसमध्ये ३०५ जनाले अडिसन दिएको उनले बताइन् । अडिसन दिनेमध्ये कवितामा २७, गायनमा ५४ र नृत्यमा १११ जना पहिलो चरणमा छनोट भएका छन् । अब पहिलो चरणको प्रतिस्पर्धात्मक कार्यक्रम हुनेछ ।
त्यस चरणमा ६ वटा वडालाई तीन समूहमा विभाजन गरेर प्रत्येक समूहबाट तीनवटै विधामा १५/१५ जना गरी एउटा विधामा ४५ जना छनोट हुनेछ । दोस्रो चरणमा प्रत्येक विधामा १५/१५ जना प्रतिभा छनोट हुनेछन् । यसलाई सेमीफाइनल चरण भनिने आयोजकले जनाएको छ ।
अन्तिम चरणलाई फाइनल चरण भनिनेछ । यसमा प्रत्येक विधामा ५/५ जना प्रतिभा छनोट गरेर उत्कृष्टलाई पुरस्कृत गरिनेछ । तीनवटै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजार पाउने आयोजकले जनाएको छ ।
कार्यक्रममा निणर्ायक भने रोङ बाहिरका हुने आयोजकले जानकारी दिएको छ । गाउँ-गाउँमा लुकेर रहेको प्रतिभाहरूलाई बाहिर ल्याउन यो कर्यक्रम गरिएको आयोजकले जनाएको छ ।