बाढीले बिरिङ खोलाको पुल चर्कियो,आवागमन बन्द
झापा । झापाको खुदुनाबारी– शनिश्चरे भित्री सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ ।
हिजोदेखि परेको अबिरल बर्षाका कारण झापा अर्जुनधारा नगरपालिका वडा नं.७ गढीस्थित खुदुनाबारी– शनिश्चरे भित्री सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेको हो ।
उक्त पुलमा सवारी आवागमन बन्द गरिएको र डाइभर्सन गरी बैकल्पिक बाटोबाट सवारीसाधन आवागमन भइरहेको प्रहरीले जनाएको छ ।