कारले ठक्कर दिँदा स्कुटर चालक बिरिङ पुलबाट खसेर गंभीर घाइते
झापा । कन्काई नगरपालिका वडा नम्बर ८ स्थित बिरिङ पुलमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पुल माथिबाट खोलामा खसेर गंभीर घाइते भएका छन् ।

आज दिउँसो २ बजेको समयमा बिरिङ पुलस्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ प ३६९६ नम्बरको कारले बिपरित दिशातर्फ जाँदै गरेको प्र १–०१–०१५ प ७६९७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कन्काई नगरपालिका वडा नम्बर ३ नमुना टोल बस्ने बर्ष अन्दाजी ४५ का देबेन्द्र बस्नेत पुल माथिबाट खोलामा खसेर घाइते भएका हुन् । घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल पठाइएको छ । उनको टाउको, छाती, हात र खुट्टामा चोट लागेको छ । उनको अबस्था बोल्न सक्ने मध्यम रहेको जनाइएको छ ।

स्कुटर इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ । कार र कार चालक बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ महानन्द टोल बस्ने बर्ष ४६ का सुशान्त श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।