टीआरसी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित
काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले पारित गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार अबको दश दिनभित्र यो विधेयकलाई कानूनमा रुपान्तरित गर्ने सरकारको लक्ष्य भएकोले प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा जाने र राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आएपछि सभामुखबाट प्रमणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेपछि राष्ट्रपतिले प्रमाणीकरण गरेर कानून बन्नेछ ।
सरकारले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार कानुन समितिले विधेयक पास गर्नुअघि मुख्य विवादित विषयमा प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुले विवादित विषयमा सहमति जुटाएका थिए ।