झापा अदालतमा लुइँटेलको आगमन, बस्नेतको बिदाइ
झापा । झापा जिल्ला अदालतमा प्रमुख न्यायाधीशको रुपमा उमेशप्रसाद लुइँटेल आउनुभएको छ ।
दुई वर्षको कार्यकाल पूरा गरी प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको सरूवा भएपछि उहाँ आउनुभएको हो । आज एक कार्यक्रमका बीच प्रमुख न्यायाधीश लुइँटेल लाई झापा जिल्ला अदालतमा स्वागत गरिएको छ । अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारी, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल, श्रेस्तेदार किरणकुमार सिंह लगायत अदालतका कर्मचारीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले गर्नुभएको थियो ।