पारा ओलम्पिक : पलेसाले कांस्य जितेर रचिन् इतिहास
काठमाडाैं । नेपालकी पलेसा गोवर्द्धनले पेरिस पारा ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाललाई ऐतिहासिक कांस्यपदक दिलाएकी छिन् । फ्रान्सको पेरिसमा शुक्रबार राति तेक्वान्दोअन्तर्गत के–४४ क्याटगोरीको महिला ५७ केजी तौल समूहको रिपाचेजको फाइनलमा उनले सर्बियाली खेलाडी मारिजा मिकेभलाई १५–८ ले हराउँदै कांस्य दिलाएकी हुन् । नेपाली खेलकुद इतिहासमै नेपालले पारा ओलम्पिकमा पहिलोपटक पदक जितेको हो । यसअघि नेपालको ऐतिहासिक पदक नै एसियाली खेलकुदमा रजत थियो ।
पलेसा नेपालका लागि पारा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनिन् । उनले जितेको कांस्य नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो ।