झापा । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ खेसेवामा पहिरोसहित खसेको ढुंगाले लाग्दा घाइते भएकी महिलाको मृत्यु भएको छ ।
गुडिरहेको जिपमा सवार महिलालाई ढुंगाले लागेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार सदरमुकामबाट फक्ताङलुङतर्फ जाँदै गरेको मे १ ज १३६२ नम्बरको जिपमा सवार फक्ताङलुङ–३ तावाकी निर्मला गुरुङ घाइते भएकी थिइन् । घाइते निर्मलालाई जिल्ला अस्पताल ताप्लेजुङमा साँझ ६ः४० बजे ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको जानकारी दिएका थिए । पिकअप तथा पिकअप चालकलाई प्रहरी चौकी शिवामा ल्याएर राखिएको प्रहरीले जनाएको छ
सोमबार रातिदेखि परेको पानीका कारण १२ भन्दा बढी जिल्ला जोड्ने सडक अवरूद्ध भएका छन्। नेपाल प्रहरीले जानकारी दिएअनुसार भीमदत्त, पासाङ ल्हामु, बिपी राजमार्गलगायत सडक अवरूद्ध भएका छन्। केही एकतर्फी सञ्चालनमा रहेका छन्। हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ मकवानपुर, बकैया गाउँपालिका-११ म अवरूद्ध भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमेरेफाँटमा पहिरो खस्दा धुलिखेल–बर्दिबास जोड्ने बिपी राजमार्ग अवरूद्ध भएको…
धरान । धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा उपाधिका लागि आज शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एशोसिएसनबीच प्रतिस्पर्धा हुने भएको छ ।हिजो पत्रकार सम्मेलन गर्दै एकपटक उपाधि पाइसकेको एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको छ भने मोरङ फुटबल एशोसिएसन पहिलोपटक फाइनल पुगेको हो । एनआरटी बुढासुब्बा गोल्डकपको १० औँ संस्करणको विजेता बनिसकेको आयोजकले…
झापा । सरकारले २०८१ देखि २०९१ को अवधिलाई ‘विज्ञान प्रविधि दशक’को रूपमा कार्यान्ववयन गर्ने जनाएको छ। संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१÷८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्। अर्थमन्त्री पुनले त्यसको थालनीको लागि प्रविधिकतर्फ एक अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई आग्रह गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब रु २२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गरेका हुन्। ‘म नेपालस्थित चिनियाँ राजदूतावासमार्फत् चीन…
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन काण्डबारे छानबिन गर्न उच्चस्तरीय समितिको माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ। एमालेको अडानका बीच आज बैठक बोलाइएको हो। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक…
मङ्गलबारे (इलाम) । इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक रु एक बचत अभियान सञ्चालन गरेको छ । गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’अन्तर्गत अनिवार्य बैंक खाता खोलेर बचत गर्न थालिएको हो । यसका लागि ‘विद्यालयमा आधारित उद्यमशिलता कार्यक्रमको कार्यविधि-२०८०’ तयार गरेर विद्यार्थीले अनिवार्यरुपमा बैंकमा खाता खोल्नुपर्ने प्रावधान ल्याइएको छ । पालिकाभित्रका विद्यार्थीले बैंक…