मेची नदीले बगाएर बेपत्ता महिलाको शव भेटियो
मेचीनगर । मेची नदीले बगाएर बेपत्ता भएकी एकजना महिलाको शव भेटिएको छ ।

हिजो दिउँसो २ बजेतिर खोला तर्ने क्रममा भारतपट्टी मेची नदीले बगाउँदा बेपत्ता भएकी हिमा पोखरेल खरेलको शव भेटिएको हो ।
मेचीनगर–७ गैरीगाउँ बस्ने भुवन खरेलकी श्रीमती अन्दाजी ३५ वर्षीया हिमाको शव नदीमा तैरिरहेको अवस्थामा आज बिहान भेटिएको हो । भारतीय प्रहरीसंग समन्वय गरी हिजोदेखि उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।