साफ महिला च्याम्पिएनसिप : उपाधि जित्ने नेपालको धोको अधुरै, बाङ्लादेशसँग २–१ ले पराजित
काठमाडाै । बाङ्ग्लादेशले पुनः नेपालको उपाधि जित्ने सपना चकनाचुर पार्दै दशरथ रङ्गशालामा उपस्थित १५ हजार बढी दर्शकमाँझ नेपाललाई २-१ ले पराजित गर्दै लगातार दोस्रो पटक उपाधिमा कब्जा जमायो।
१२ औँ पटक अन्तर्राष्ट्रिय फुटबलको फाइनल खेले पनि हरेक पटक पराजित हुँदा नेपाली खेलाडीहरूमा चरम निराशा देखिएको थियो। महिला साफ च्याम्पिएनसिपकाे सात संस्करण मध्ये नेपालले ६ संस्करणको फाइनल खेलेको थियो।समग्रमा विसं २०३८ सालमा महिला टोलीले अन्तर्राष्ट्रिय फुटबल खेलेको हिसाबमा महिला टोलीले ३८ वर्षको प्रयासमा पनि उपाधि जित्न सकेन।
नेपालमा आएर बाङ्ग्लादेशले दुई वर्षको बीचमा दुवै पटक दक्षिण एसियाको च्याम्पियन बन्न सफल भयो। यसअघि पाँच पटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित नेपाल फेरि उपाधि जित्ने अवसरबाट वञ्चित भयो । गएको संस्करणमा नेपाल बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।
खचाखच भरिएको दशरथ रङ्गशालामा दर्शकले नेपाली टोलीलाई पूरा ९० मिनेट अनवरत समर्थन गरेका थिए। बाङ्ग्लादेशका खेलाडीहरूले यस्तो दबाब झेल्दै स्तरीय प्रदर्शन गरेका थिए।