झापाबाट प्रचण्डको उद्घोष, गिरिबन्धुको फाइल खोलेरै छाड्छु
झापा । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने बताएका छन् । सोमबार झापाको गौरीगञ्ज पुगेर माओवादी अध्यक्ष समेत रहेका दाहालले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने प्रतिबद्धता जनाएका हुन् ।
आफुलाई षणयन्त्र पूर्वक तरिकाले प्रधानमन्त्रीबाट हटाइएको बताउँदै दाहालले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोल्ने कुरा नरोकिने दोहोर्याए । उनलेभने ’मेरो सुई गिरिबन्धुतिर जाँदै थियो, त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो तपाईँले ढुक्कसँग बुझे हुन्छ । फाइल खोलेरै छाडिन्छ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले प्रधानमन्त्री ओली जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको बताए ।
नेकपा माओवादी केन्द्र झापाले आयोजना गरेको कार्यक्रमा विभिन्न पार्टी परित्याग गरि सायौ संख्यामा नेताकार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेको भ,ापा जिल्ला संयोजक राजुआचार्य अग्निले जानकारी दिए ।