भद्रपुरमा म्याजिक भ्यान र ट्याक्टर ठोक्किँदा पाँच घाइते
|

भद्रपुरमा म्याजिक भ्यान र ट्याक्टर ठोक्किँदा पाँच घाइते

भद्रपुर । मेची राजमार्ग अन्तरगत चारआली-भद्रपुर सडक खण्डमा म्याजिक भ्यान र ट्याक्टर ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा परी म्याजिकमा सवार पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार दिउँसो ४ बजेको समयमा चन्द्रगढीबाट यात्रु बोकेर चारआलीतर्फ जाँदै गरेको प्र-१-०१-००१ ज ३६५८ नम्बरको म्याजिक…

तत्कालका लागि सुदूरपश्चिममा सत्तागठबन्धनको संकट टर्‍यो, कानुनी चुनौती थपिन सक्ने
| |

तत्कालका लागि सुदूरपश्चिममा सत्तागठबन्धनको संकट टर्‍यो, कानुनी चुनौती थपिन सक्ने

काठमाडौ । सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रियासँगै सत्तागठबन्धनमा देखिएको संकट तत्कालका लागि टरेको छ । तर, मुख्यमन्त्रीमा पेस गरेको दाबीलाई सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले अस्वीकृत गरिदिएसँगै उनको निर्णयविरुद्ध नागरिक उन्मुक्तिको एउटा पक्ष अदालत जाने भएको छ । पूर्वसहमतिअनुसार सुदूूरपश्चिम सरकारको नेतृत्व नदिएको भन्दै गठबन्धनको एक दल एकीकृत समाजवादी सुदूरपश्चिममा कांग्रेससँगको सहकार्यमा उभिएपछि सत्तागठबन्धन संकटमा परेको थियो ।…

दलमा आबद्ध शिक्षक बर्खास्त गर्ने शिक्षा मन्त्रालयको ‘बोल्ड’ निर्णय
| |

दलमा आबद्ध शिक्षक बर्खास्त गर्ने शिक्षा मन्त्रालयको ‘बोल्ड’ निर्णय

काठमाडाैं ।  शिक्षा मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई पदबाटै हटाउन सिफारिस गरेको छ । मंगलबार मन्त्रालयमा बसेको बैठकले दल र तिनका क्रियाकलापमा संलग्न शिक्षकमाथि कारबाही चलाउने नीतिगत निर्णय लिएको हो । कुनै पनि दलको समितिमा रहेका शिक्षक भेटिए तुरुन्तै बर्खास्त गर्न मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई नै पत्राचार गरेको छ ।   केन्द्रले जिल्ला शिक्षा समन्वय…

बुधबार काेशी प्रदेशमा चट्याङसहित वर्षा
|

बुधबार काेशी प्रदेशमा चट्याङसहित वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने तथा…

आज रामनवमी पर्व मनाइँदै
| |

आज रामनवमी पर्व मनाइँदै

काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने…

‘मदन ढकाल स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार’ ढकाललाई
|

‘मदन ढकाल स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार’ ढकाललाई

झापा । ‘मदन ढकाल स्मृति वीरता जेसी उत्कृष्ट पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ ।पूर्बाञ्चल दैनिकका अनलाइनका समाचार संयोजक समेत रहेका ढकाललाई ११ हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कार वीरता जेसीजको ४३ औं पद हस्तान्तरण कार्यक्रमकाबीच प्रदान गरिएको हो । पूर्ब परराष्ट्र मन्त्री एनपी साउदको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच पत्रकार…

मेची पुलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ
|

मेची पुलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

झापा । मेचीनगर- ६ स्थित पुरानो मेची पुल छेउबाट लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टा संयुक्त टोलीले मंगलबार साँझ ७ बजेको समयमा भारतको पानीट्याङ्कीबाट सिटी सफारी चढेर आइरहेको अवस्थामा ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका- ५ तापेथोकका २५ वर्षीय विशाल लिम्बुलाई  ब्राउन सुगरसहित पक्राउ गरेको हो ।…

झापामा दारा काटिएको अवस्थामा एउटा हात्ती मृत फेला
|

झापामा दारा काटिएको अवस्थामा एउटा हात्ती मृत फेला

झापा । झापामा दुवै दारा काटिएको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ । मेचीनगर नगरपालिका- ११ स्थित कालीका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी र…

मधेस प्रदेशसभा बैठकमा हानाहान
| |

मधेस प्रदेशसभा बैठकमा हानाहान

वीरगन्ज । झण्डै ५ घन्टापछि सुरु भएको मधेस प्रदेश सभामा पुनः विवाद भएको छ । १० मिनेटको लागि स्थगित प्रदेशसभा ५ घण्टापछि सुरु हुँदा हानाहान भएको हो । यस्तै कुर्सी तोडफोड, माइक र सीसीटीभी क्यामरामा पनि तोडफोड भएको एक प्रदेश सांसदले बताए ।  सदन सुरु भएलगत्तै जनमत पार्टीले पुनः अवरोध सृजना गरेको थियो । आफ्ना…

प्रधानमन्त्री र नेता खनालबिच भेटवार्ता
| |

प्रधानमन्त्री र नेता खनालबिच भेटवार्ता

काठमाडौँ । सत्ता गठबन्धनका विषयमा अनेक आशङ्का उब्जिरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भेट गरेका छन् । दुई नेताबिच बालुवाटारमा भेटबार्ता भएको हो ।  एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान सत्ता गठबन्धन धरापमा परेको छ । अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली…