शिक्षक आन्दोलनलाई नेकपा एस मोरङको समर्थन
|

शिक्षक आन्दोलनलाई नेकपा एस मोरङको समर्थन

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मोरङ जिल्ला कमिटीले सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनमा सर्थन जनाएको छ । जिल्ला कमिटीका अध्यक्ष चन्द्रविर राईले एक विज्ञप्ती जारी गर्दै आन्दोलनको समर्थन गरेका हुन् ।‘ सामुदायिक विद्यालयका शिक्षकहरूले आम भौतिक हड्ताल मार्फत शिक्षा ऐन संशोधनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारले शिक्षकहरूको न्यायपूर्ण…

दर्ता नहुने सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्छ : सञ्चारमन्त्री गुरुङ
| |

दर्ता नहुने सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले तोकिएको म्यादभित्र दर्ता नभए फेसबुकलगायतका सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने बताएका छन् । शुक्रबार सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल नेपालको कानुनी दायरामा आउन अटेरी गरिरहेको पनि बताए । नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले नियम–कानुन पालना गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ । ‘सरकारले…

शिक्षकको भेषमा कालो कर्तुत : विद्यार्थीलाई यौन दुर्व्यवहार, शिक्षकलाई एक वर्ष कैद
| |

शिक्षकको भेषमा कालो कर्तुत : विद्यार्थीलाई यौन दुर्व्यवहार, शिक्षकलाई एक वर्ष कैद

झापा । विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने झापाको कमल गाउँपालिका– ३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक शिवकुमार भट्टराईलाई एक वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत झापाका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालसले बिहीबार शिक्षक भट्टराईलाई बालबालिकाविरुद्धको कसुर (बाल यौन दुर्व्यवहार)मा एक वर्ष कैद, दश हजार रुपैयाँ जरिवाना र ४० हजार क्षतिपूर्तिको फैसला गरेको हो ।  भट्टराईविरुद्ध सोही…

सुन्दर निचाझोडा वनमा लिम्बू
| | |

सुन्दर निचाझोडा वनमा लिम्बू

बिर्तामोड । बिर्तामोड ७ स्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट कृष्णप्रसाद लिम्बू नेतृत्वको ‘समृद्ध वन स्वतन्त्र प्यानल’ विजयी भएको छ ।बिहीबार भएको निर्वाचनमा नेकपा एमालेको २५ बर्षे विरासत तोड्दै चार दलीय गठबन्धन विजयी बनेको हो । शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार समृद्ध समूहका तर्फबाट अध्यक्ष लिम्बूले एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सूर्य भट्टराईलाई पराजित गरेका छन् । लिम्बूले ४८४ मत ल्याउँदा भट्टराईले २५३ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा मंगलसिंह साँवाले ४५६ मत, सचिवमा इन्दिरा अधिकारी बास्कोटाले ४३२ मत, सहसचिव जीवन कार्कीले ४१० मत र कोषाध्यक्षमा इश्वरादेवी बास्कोटा भट्टराईले ४३५ मत प्राप्त गरी  विजयी बनेका छन् ।   यता एमालेको तर्फबाट उपाध्यक्ष बनेका कुलप्रसाद सावाँ लिम्बूले २६० मत, सृष्टिमाया लिम्बू राईले २७२ मत, सहसचिव लक्ष्मीप्रसाद पौडेलले २६४ मत र कोषाध्यक्ष पदका उम्मेदवार नैनकला गुरागाई चापागाईले २६१ मतमात्र प्राप्त गरेका थिए । त्यस्तै आरक्षीत पाँच सदस्यमध्ये महिला सदस्यमा शान्ता उप्रेतीले ४१९ मत, मन्जु कट्टेल उप्रेतीले ४२० मत, जनजातितर्फ बुधराज लिम्बूले ४२६ मत, दलिततर्फ सावित्रा सार्कीले ४३१ मत र आदिवासीतर्फ मनमाया हस्दाले ४३६ मत प्राप्त गरि विजयी बनेका छन् । त्यस्तै पाँचवटा टोलतर्फ १ नं. टोलमा वीरबहादुर श्रेष्ठले ९० मत, धनमाया फुँयालले ८७ मत, २ नं. टोलमा मेघराज पौडेलले ७३ मत, लीलादेवी उप्रेतीले ८४ मत, ३ नं. टोलमा डिल्लीराम प्रसाईले ८२ मत, भीमा श्रेष्ठले ८६ मत, ४ नं. टोलमा राजकुमार लावतीले ८९ मत, सुनिताकुमारी राजवंशीले ८५ मत र ५ नं. टोलमा खगेन्द्र कटुवालले ८० मत  र बन्दना लिम्बूले ७४ मत प्राप्त गरी विजयी बनेका छन् । ८३१ घरधुरी रहेको सो वन समूहको निर्वाचनमा ७५७ मत खसेको थियो । २०५४ सालमा स्थापना भएको सो वन समूहमा स्थापना कालदेखि २०७३ सालसम्म हालका कोशी प्रदेशका  ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री एकराज कार्की अध्यक्ष बनेका थिए । त्यसपछि २०७३ देखि २०७८ सम्म नेपाली कांग्रेसकी रेनुका उप्रेती अध्यक्ष बनेकी थिइन् । एक कार्यकाल कांग्रेसले चलाएपनि त्यसपछि एमालेकै बद्री प्याकुरेलले २०७८ देखि २०८२ सम्म अध्यक्षको कार्यभार सम्हालेका छन् । एमालेका उम्मेदवारहरुलाई जिताउन मन्त्री कार्कीसहित एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईलगायत सिंगो टिम लागि परेको थियो । निर्वाचनको दिनपनि दिनभर कार्की निर्वाचनस्थलमा बसेर भोट मागिरहेका थिए । यता समृद्ध वन समूहका उम्मेदवारलाई जिताउन नवीन भट्टराईको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाइएको थियो । वन समूहको निर्वाचनमा राष्ट्रिय गठबन्धनलाई तोड्दै नेपाली कांग्रेस समृद्ध समूहमा आबद्ध भएको थियो । सो वन ५९३.७ वर्ग हेक्टर क्षेत्रमा फैलिएको छ ।

गाउँपालिकाका अध्यक्षमाथि  गोली प्रहार
| | |

गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली प्रहार भएको छ । गएराति पौने १२ बजेको समयमा उनलाई निवासभित्रै गोली हानिएको बताइएको छ । स्थानीय पकडीस्थित निवासमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौधरीले सुत्नुअघि शौचालय गएर फर्कने क्रममा गोली हानिएको बताएका छन् ।  उनलाई केही परबाट गोली हान्नेहरु भागेका…

हेपी ल्यान्ड फनपार्कमा करेन्ट लागेर एक जनाको मृत्यु
| |

हेपी ल्यान्ड फनपार्कमा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । कनकाई नगरपालिका २ स्थित हेपी ल्यान्ड फनपार्कमा करेन्ट लागेर एक जना कामदारको मृत्यु भएको छ । फनपार्क भित्रको बिजुलीको काम गर्दै आइरहेका शिवसताक्षि नगरपालिका ९ निवासी ४५ को सन्तोष लिम्बुको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  प्रहरीका अनुसार आज दिउँसो साढे ४ बजेको समयमा फनपार्कभित्र बिजुली मर्मत गर्ने क्रममा…

शैक्षिक गुणस्तरमा अब्बल दमकको सनराइज मोडल
| |

शैक्षिक गुणस्तरमा अब्बल दमकको सनराइज मोडल

दमक । प्रविधिमैत्री र मन्टेश्वरी शिक्षणमा दमकको सनराइज मोडल झापाको दमक २ मा सञ्चालित सनराइज मोडल बोर्डिङ स्कूल दमकमानै अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित छ । १४ बर्षदेखि यो बिद्यालयको समग्र नेतृत्व अनुभवी, युवा शैक्षिक व्यक्तित्व जनार्दन मैनाली र प्रशासकीय नेतृत्व नवराज भुर्तेलले सम्हाल्नु भएसँगै गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट गन्तव्यका रुपमा स्थापित बन्दै गएको हो…

राजस्व कार्यालय भद्रपुरको राजस्व संकलन
| | |

राजस्व कार्यालय भद्रपुरको राजस्व संकलन

झापा ।   आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१र८२ को नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । योरकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो ।  कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०/८१ को (साउन-चैत) महिनामा दुई अर्ब १७ करोड १९ लाख तीन…

सामुदायिक विद्यालयको जग्गामा निजी विद्यालयदेखि सरकारी संरचनासम्म
| | |

सामुदायिक विद्यालयको जग्गामा निजी विद्यालयदेखि सरकारी संरचनासम्म

चिरञ्जीवी घिमिरे झापा । झापाको दमक नगरपालिका– ९ मा रहेको सरस्वती माध्यमिक विद्यालयको नाममा रहेको जग्गा अतिक्रमण भएको पाइएको छ । दमक– ८ मा सरस्वती माविको नाममा रहेको करिब १३ बिघा जग्गामा निजी विद्यालय, वडा कार्यालय, प्रदेश सरकारले बनाएको अर्गानिक तरकारी बजार तथा निजी घरसमेत बनेको पाइएको हो ।  सामुदायिक विद्यालयको नाममा रहेको जग्गामा गडमदर एकेडेमी एन्ड…

इलामका सीमावर्ती क्षेत्रका बालबालिका भारतमा पढ्न बाध्य
| | |

इलामका सीमावर्ती क्षेत्रका बालबालिका भारतमा पढ्न बाध्य

इलाम । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा छन् । सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरु फर्केलान्, विद्यालय खुला र विद्यार्थीको भर्ना होला । तर, इलामका उत्तरी भेगका अभिभावकलाई त्यति पनि आशा छैन । आफ्नो ठाउँमा विद्यालय नै नभएपछि उनीहरुलाई आन्दोलनको चासोभन्दा पनि बालबच्चा कहाँ पढाउने…