‘पत्रपत्रिकाले राज्यबाट पाउँदै आएको रकम सुविधा खोस्न खोजियो’
|

‘पत्रपत्रिकाले राज्यबाट पाउँदै आएको रकम सुविधा खोस्न खोजियो’

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनले प्रेस काउन्सिल ऐन विस्थापन गर्ने नाममा पत्रपत्रिकाले राज्यबाट पाउँदै आएको रकम सुविधा खोस्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेस काउन्सिल ऐन, २०४८ विस्थापन गर्न मस्यौदा गरेको मिडिया काउन्सिल विधेयकले सञ्चारमाध्यमले पाउने लोककल्याणकारी विज्ञापनबारे मौन बसेकोप्रति संगठनले गम्भीर ध्यानाकर्षण जनाएको हो । …

राष्ट्रियसभा अध्यक्षका लागि कृष्णप्रसाद सिटौलाको उम्मेदवारी : महामन्त्री शर्मा
|

राष्ट्रियसभा अध्यक्षका लागि कृष्णप्रसाद सिटौलाको उम्मेदवारी : महामन्त्री शर्मा

झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा अध्यक्ष बन्नलाई उम्मेदवारी दिएको बताएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा बिहीबार सम्पन्न गठबन्धन दलहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले उहाँ राष्ट्रियसभामा सदस्य बन्नका लागि मात्र उम्मेदवारी नदिएको प्रस्टाएका छन्…