Skip to content
इखरीपाटी
  • गृहपृष्ठ
  • समचार
  • राजनीति
  • आर्थिकExpand
    • कृषि
    • पर्यटन
    • विजनेस
  • स्वास्थ्य
  • शिक्षा
  • प्रबिधि
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • प्रवास
  • अन्यExpand
    • समाज
    • अपराध
    • विचार संवाद
इखरीपाटी

आज राष्ट्रिय भक्का दिवस, झापाका तीन पालिकामा स्थानीय बिदा

झापा ।  आज राष्ट्रिय भक्का (भाका) दिवस। झापाको भद्रपुर र बिर्तामोड वृहत् सांस्कृतिक कार्यक्रम गरी मनाइँदैछ। भक्का दिवसको अवसर झापा क्षेत्र नम्बर ३ अन्तरगतका तीन वटा पालिकाले आज स्थानीय बिदा समेत दिएको छ। 

भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिइएको हो। ती पालिकाहरूमा अति आवश्यक कामबाहेक नगरपालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहने छ। भक्का दिवसको अवसरमा ती पालिकाहरूले पहिलो पटक बिदा दिएको हो। 

आदिवासी राजवंशी समुदायले आफ्नो जाति विशेष परिकार भक्का (भाका)लाई हरेक वर्ष पुस २९ लाई दिवसको रुपमा मनाउँदै आएको छ। राजवंशी समाज विकास समिति झापाले भद्रपुर–६ स्थित सिटी गार्डेन होटेलमा प्रथम राष्ट्रिय भक्का दिवस मनाउँदैछ। २५ जनाले सामूहिक रुपमा माटोको भाडा र दाउराको चुलोमा भक्का बनाउनुका साथै विभिन्न स्वादका अचार र तरकारीसहितको स्टल राखेर दुई हजारदेखि २५ सय जनालाई निःशुल्क भक्का खुवाउने समितिका अध्यक्ष उत्तम राजवंशीले बताए। दिवसलाई भव्य रुपमा मनाउने विभिन्न सांस्कृतिक कार्यक्रम गर्न लागिएको उनको भनाई छ। 

उता राजवंशी समाज विकास समितिले यो वर्ष बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सातौँ राष्ट्रिय भक्का दिवस मनाउँदैछ। कार्यक्रमको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती गर्ने समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए। 

राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले भक्का दिवस मनाउँदै आएको उनको भनाई छ। आज १५० जना महिलाहरूले सामूहिक रुपमा दुई हजार किलो चामलबाट तयार भएको पिठोबाट भक्का बनाएर सहभागीहरूलाई निःशुल्क खुवाउने छ। कार्यक्रमलाई भव्य बनाउन भारतीय गायिका नीलाञ्जना रायको प्रस्तुति रहने उनको भनाई छ।  

पूर्वी तराईका राजवंशी समुदायका छोरी चेलीलाई चिसो छल्न माइती बोलाई भक्का खुवाएर खुसी बनाउने चलन छ। भक्का राजवंशी समुदायको मौलिक परिकार हो। जाडोयाम सुरु भएसँगै चोक चोकमा विहान बेलुका भक्का बनाएर बेच्ने चलन छ। चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार खाजाको रुपमा खाने प्रचलन बसिसकेको छ।  कोचिला गाभुर फ्रन्ट नामक गैरसरकारी संस्थाले २०७४ सालदेखि पुस २९ लाई राष्ट्रिय भक्का दिवसको रुपमा मनाउँदै आएको बताइएको छ।

Share this:

  • Facebook
  • X

Like this:

Like Loading...

प्रबन्ध निर्देशक
सुभाषकुमार ढकाल

सम्पादक
शम्भु दाहाल
९८५२६७४१९०
shambhu.dahal7.sd@gmail.com

सूचना विभाग दर्ता न.
३७०४-२०७९/०८०

© 2025 इखरीपाटी

Scroll to top
  • गृहपृष्ठ
  • समचार
  • राजनीति
  • आर्थिक
    • कृषि
    • पर्यटन
    • विजनेस
  • स्वास्थ्य
  • शिक्षा
  • प्रबिधि
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • प्रवास
  • अन्य
    • समाज
    • अपराध
    • विचार संवाद
Search
%d