हात्तीपाइले रोगले झापालीलाई जंगली बनाउँदै
| |

हात्तीपाइले रोगले झापालीलाई जंगली बनाउँदै

द्रोण अधिकारी,नेपालका सचेत नागरिक बस्ने जिल्लाहरूको नाम आउँदा झापा अग्रणी जिल्ला भनेर चिनिन्छ । तर, केही रोग तथा उपचारको रोकथामको प्रयासमा झापाली नागरिकले गति छोड्दा पिछडिएको जंगली बस्तीको परिचय बनाएका छन् । हात्तीपाइले र कुष्ठ रोगको संक्रमणको वर्तमान दृश्य हेर्ने हो भने झापा जंगली सोच पाल्ने मानिसहरूको भीड भएको पिछडिएको जिल्लाकै रूपमा चिनिन्छ । रोग…

आन्तरिक राजश्व कार्यालय भद्रपुरको अन्तःशुल्क असुलीमा भारी गिरावट, ५८% भन्दा उठाउन सकेन
| | |

आन्तरिक राजश्व कार्यालय भद्रपुरको अन्तःशुल्क असुलीमा भारी गिरावट, ५८% भन्दा उठाउन सकेन

झापा । झापास्थित आन्तरिक राजश्व कार्यालय भद्रपुरको अन्तःशुल्क लक्ष्य अनुसार पुग्न सकेन ।  राजश्व कार्यालयले चैत मसान्तसम्म २ अर्ब ६९ करोड ६४ लाखको लक्ष्य राखेको २ अर्ब १६ करोड ३० लाख मात्र संकलन गर्न सकेको छ। ९० करोड ८२ लाख मूअकरको लक्ष्यमा ७५ करोड ७८ लाख र १ अर्ब २३ करोड ७० लाख आयकरको लक्ष्यमा १…

कुकुरहरु मान्छे बन्ने तर्खरमा छन्…
|

कुकुरहरु मान्छे बन्ने तर्खरमा छन्…

तीर्थ सिग्देल  रातभरी निदाएको कुकुर जुरुक्क उठ्यो । आंग तान्यो, जिउ तंग्र्यायायो, अनि हिँड्ने सुर कस्यो । कुकुरले मतिर हेर्दै भन्यो, …दाजु, बिहानै कता ? मसँग उत्तर थिएन । ऊ रातभर डिउटी गरेर बिहान यसो झकाएको मात्र रहेछ । मेरो गाडीको आवाजले उसको निद्रा खल्बव्याएछ क्यारे । सायद ऊ मसँग भित्रैदेखि मुर्मुरिएको हुनुपर्छ । कुकुरको…

‘झापालाई फुटबल हब बनाउँछौं’
| |

‘झापालाई फुटबल हब बनाउँछौं’

फागुन १९ गतेदेखि सञ्चालन हुन गइरहेको अर्ना छैठौं झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको छ । प्रस्तुत छ– झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतसंग गोल्डकपको तयारी र सेरोफेरोका विषयमा सुरेन्द्र भण्डारी र नरेन्द्र ढकालले गरेको कुराकानी : छैटौं झापा गोल्ड कपको तयारी कस्तो छ ? – झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको छ ।…

षडयन्त्र छोडेर स्वस्थ प्रतिष्पर्धामा आउन न्यौपानेको आग्रह
| |

षडयन्त्र छोडेर स्वस्थ प्रतिष्पर्धामा आउन न्यौपानेको आग्रह

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन आउन अब तीन दिन मात्र बाँकी छ । निर्वाचनको संघारमा लोकतान्त्रिक व्यावसायिक प्यानल र स्वतन्त्र व्यावसायिक प्यानलले घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । वाणिज्य संघको निर्वाचनका सन्दर्भमा लोकतान्त्रिक व्यावसायिक प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार राजु न्यौपानेसंग कुराकानी गरेका छौं । प्रस्तुत छ उहाँसंग गरिएको कुराकानीको सारसंक्षेप– मत सर्वेक्षणले त तपाईले विजय…

सोनाम ल्होछार र यसको पृष्ठभूमि
| | |

सोनाम ल्होछार र यसको पृष्ठभूमि

रवीन्द्र तामाङप्राचीनकालमा काठमाडौँ उपत्यका ठूलो दहको रुपमा थियो । जहाँ नागहरु बस्दथे । एकदिन बन्धुमती नगरबाट विपश्वी बुद्ध आउनुभयो र दहमा चैत्र पूर्णिमाको दिन कमलको बीज छर्नुभयो । सोही बीजबाट कमलको फूल फूल्यो र आश्विन शुक्ल पूर्णिमाको दिन सोही फूलमाथि श्रीस्वयम्भू ज्योतिरुप उत्पन्न भयो । त्यही ज्योतिरुपबाट निःसृत पञ्चरङ्गी किरणमा पञ्चबुद्ध प्रकट हुनुभयो । यसपछि…

कृषिमा प्रचुर सम्भावना
|

कृषिमा प्रचुर सम्भावना

प्रवीण पौडेल नेपालजस्तै भूपरिवेष्ठित देश स्वीट्जरल्यान्ड ६७% आयात र ५०% निर्यात गर्दै विश्व अर्थतन्त्रमा १० औँ स्थानमा छ । उसको यही अब्बल अर्थतन्त्रले जनताको जीविका मात्र धानेको छैन, अरु कैयौँ देशसँग स्पर्धा गरिरहेको छ । देश आर्थिकरूपमा सम्पन्न भएपछि उसले अपनाउने कुटनीतिक पहल पनि उस्तै विशिष्ट किसिमको हुन्छ र त्यसले देशको उत्पादनको बजारीकरणमा पनि मदत…

सिक्किमले पुनः एकपल्ट एसकेएम पार्टीलाई सत्तासीन गराउनु अति आवश्यकता छ किन ?
| |

सिक्किमले पुनः एकपल्ट एसकेएम पार्टीलाई सत्तासीन गराउनु अति आवश्यकता छ किन ?

बिरेन्द्र ताम्लिङ दक्षिण सिक्किमस्थित पवित्र रोलु मन्दिरको परिसरबाट २१ दिसम्बर २००९ को दिन तत्कालीन एकतन्त्रे, हैकमवादी, हिटलरीया सरकारको बिरोधमा क्रान्तिको शंखघोष गर्दै श्रीमान पीएस गोलेज्युले सिक्किममा पहिलोपल्ट परिवर्तनको नारा दिनु भएको थियो । पार्टी थिएन, गोले खेमाको साथमा वैचारिक क्रान्ति शुरू भयो, विचार मिल्नेहरु एकत्रित भएर संगठित हुँदै गए । पार्टीको नाम उच्च नेतृत्वले जुरायो…

| | |

. डा ज्योति भट्टराईमधुमेह (चिनी रोग) लाई अङ्ग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रुपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज मलाइटस’ भन्ने गरिन्छ । रगतमा हुने ‘इन्सुलिन’ नामक हर्मोनले रगतमा भएको चिनी अर्थात् ग्लुकोजलाई शरीरका कोषमा प्रतिक्रिया गराएर त्यहाँबाट शक्ति उत्पादन गर्न मद्दत गर्दछ । फलस्वरुप रगतमा चिनीको मात्रा…

नेपाल र सिक्किमको सम्बन्धमा कुनै आँच आउने छैन
|

नेपाल र सिक्किमको सम्बन्धमा कुनै आँच आउने छैन

वीरेन्द्र तामलिंग   सिक्किम (भारत) र नेपालको काेशी प्रदेशले ९९ किलोमिटर लामो सिमाना साँझा गर्छ र अजंग पहाड़ चिवाभन्ज्यांग र विश्वको तेस्रो भिमकाय उच्च हिमाल कंचनजंगा नेपाल र सिक्किमको सिमानाको रूपमा अवस्थित छ । नेपालपट्टि कञ्चनजंगामा चढ़ने अनुमति पाए पनि हामी सिक्किमेहरू उच्च हिमाल कञ्चनजंगालाई ‘अति पवित्र’ एक आराध्य देवको रूपमा पूजा गर्छौँ र सिक्किमपट्टिबाट…