इलाममा ‘अन्तु पर्यटन महोत्सव’
| |

इलाममा ‘अन्तु पर्यटन महोत्सव’

इलाम । स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका–४ स्थित श्रीअन्तुमा पर्यटन महोत्सव हुने भएको छ । नयाँ वर्षका अवसरमा यही चैत २८ गतेदेखि आगामी वैशाख १ सम्म ‘अन्तु पर्यटन महोत्सव–२०८१’ को आयोजना हुने भएको हो । “हाम्रा रैथाने उत्पादन र मौलिक संस्कृतिको प्रदर्शन गरेर आगन्तुक पर्यटकलाई चिनाउने उद्देश्यले महोत्सव आयोजना…

सूर्योदय नगरपालिकामा प्राङ्गारिक चियाखेती अभियान
| | |

सूर्योदय नगरपालिकामा प्राङ्गारिक चियाखेती अभियान

इलाम । सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गरेको ६ वर्ष भयो । उनको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो  उत्पादन हुन्छ । “प्रतिकेजी रु एक सय एकका दरले सुन्दरपानी कृषि सहकारी संस्थालाई दिन्छौँ, उसले रु एक नाफा राखेर गोर्खा टी स्टेटलाई बेच्छ,” राईले भने “नगरपालिकाले तोकेको चियाको न्यूनतम समर्थन…

पोखरा आजदेखि ‘पर्यटकीय राजधानी’ घोषणा
| |

पोखरा आजदेखि ‘पर्यटकीय राजधानी’ घोषणा

पोखरा । लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । पोखरा महानगरपालिकाले आइतबार औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । महानगर प्रमुख धनराज आचार्यले २०७५ सालदेखि नै यस विषयमा अध्ययन भइरहेको र पर्यटकीय राजधानी…

पर्यटन बिकासको नाउँमा सामुदायिक बनले पक्की संरचना बनाए कार्वाही हुन्छ – मन्त्री उप्रेती
| |

पर्यटन बिकासको नाउँमा सामुदायिक बनले पक्की संरचना बनाए कार्वाही हुन्छ – मन्त्री उप्रेती

चारआली । पर्यटन, बन तथा वातावरण मन्त्री गणेश उप्रेतीले पर्या-पर्यटन बिकासको नाउँमा सामुदायिक बनले पक्की संरचना बनाए त्यस्ता बन समुहलाई कार्वाही गर्ने बताएका छ्न् । पुर्वको फेवातालको रुपमा बिकास तीब्र बनाइएको झापाको मेचीनगर-१३ स्थित हातेमालो सामुदायिक बन उपभोक्ता समुहअन्तरगत निचाझोडा सिमसार पर्या-पर्यटन क्षेत्रको अवलोकन गर्ने क्रममा आइतबार मन्त्री उप्रेतीले उक्त कुरा बताएका हुन् । भौतिक…

हिमाल हेर्न इलामको माइजोमाईमा पर्यटक आकर्षित
| |

हिमाल हेर्न इलामको माइजोमाईमा पर्यटक आकर्षित

इलाम । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल  प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन । “ हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द ।” उनले भने ।  तुम्लिङ मात्र होइन…

देशका अधिकांश उच्चपहाडी तथा हिमाली भेगमा हिमपात (फाेटाे फिचर)
| |

देशका अधिकांश उच्चपहाडी तथा हिमाली भेगमा हिमपात (फाेटाे फिचर)

काठमडाैं ।  देशका अधिकांश भागमा माैसम बदली भएकाे छ । बिहीबार बिहानैदेखि बदली रहेकाे माैसम अपरान्ह तथा साँझ उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएकाे हाे ।  साेलुखुम्बु, ताप्लेजुङ, भाेजपुरका उच्च पहाडीभेगमा हिमपात भएकाे जल तथा माैसक पूर्वानुमान महाशाखाले जनाएकाे छ । त्यस्तै, बाग्मती प्रदेशकाअधिकांश हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएकाे छ । काठमाडाैं उपत्यका…

झापाको बाहुनडाँगीबाट मुख्यमन्त्री कार्कीको ‘हात्तीमैत्री पदयात्रा’ शुरु
| | |

झापाको बाहुनडाँगीबाट मुख्यमन्त्री कार्कीको ‘हात्तीमैत्री पदयात्रा’ शुरु

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गरेका छन् । ‘जीव– जनावर, जंगल, जनतामैत्री–जिम्मेवार जनप्रतिनिधि’ भन्ने नारासाथ नेपाल–भारत सीमाको मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट बुधबार पदयात्रा शुरु भएको हो । हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द न्यूनीकरण गर्दै…

पोखराको लेकसाइडलाई बिर्साउने श्रीअन्तु
| | |

पोखराको लेकसाइडलाई बिर्साउने श्रीअन्तु

शम्भु दाहाल श्रीअन्तु । झिलीमिली बत्ती । मन्द तर, फरक–फरक संगीत, पोखरीबाट फर्किएर आएका प्रकाशका रंगीबिरंगी किरण, बारविक्युबाट आएका सेकुवाका सुगन्धहरु साँझमा पुग्दा गरिने यो महशुस पोखराको लेकसाइडको नभई इलामको श्रीअन्तुको हो । कामको बोझ र थकित शरीरलाई विश्राम दिने एकदिनको लागि हजारौँको चौतारी बनेको छ, इलाम सुर्योदय नगरको श्रीअन्तु । तराईको तातोलाई छल्नमात्र हैन,…

सञ्चालन नहुँदै खण्डहर बन्यो सहिद स्मृति पार्क
| | |

सञ्चालन नहुँदै खण्डहर बन्यो सहिद स्मृति पार्क

झापा । बिर्तामोड नगरपालिका–७ मा दुई वर्षअघि निर्माण भएको सहिद नेत्र स्मृति उद्यान (पार्क) सञ्चालनमा नआउँदै खण्डहर बनेको छ । स्थानीय समुदायले पार्क सञ्चालनको वातावरण बनाउन सरसफाइ अभियान सुरुआत गरेका छन् । आन्तरिक पर्यटक आकर्षित गर्ने जनाउँदै दुई वर्षअघि नै बिर्तामोड नगरपालिकाको योजनाअन्तर्गत पार्क निर्माण भएको थियो । कोरोना महामारीका कारण सञ्चालनमा कठिनाइ भएपछि हालसम्म पार्क…

सातौँ भाक्का दिवस पुस २९ !
| | | |

सातौँ भाक्का दिवस पुस २९ !

झापा । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको सातौँ संस्करणको तयारी पूरा भएको छ । पुस २९ गते लोकपरिकार तथा सांस्कृतिक उत्सव राष्ट्रिय भाक्का दिवस डोमालाल राजवंशी रंगशालामा आयोजना गरिने आयोजक राजवंशी समाज विकास समितिले जानकारी दिएको छ । आयोजक राजवंशी समाज विकास समितिले बुधवार पत्रकार सम्मेलन गरेर…