प्रवासी नेपालीलाई मताधिकार दिने कानुन मस्यौदा अन्तिम चरणमा
कुल मतदातामध्ये करिब ३०% नेपाली विदेशमा रहेको अनुमान काठमाडाैं । विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार दिने कानुनी मस्यौदा अन्तिम चरणमा पुगेको छ । निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको मस्यौदामा निर्वाचन आयोगले रायसहित गृह मन्त्रालय पठाएको छ । आगामी मन्त्रिपरिषद्बाट निर्णय लिने सरकारको तयारी छ । गृह मन्त्रालयले निर्वाचनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न…
