भारतको लोक सभाले गर्‍यो राहुल गान्धीलाई संसदमा पुनर्बहाल

भारतको लोक सभाले गर्‍यो राहुल गान्धीलाई संसदमा पुनर्बहाल

भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली भएको छ।  लोक सभाका महासचिवले उनको सांसद पद सोमबार पुनर्बहाल गरेका हुन्। पुनर्बहाली भएसँगै राहुल संसद भवन पुगेका छन्। उनले सं‌सद भवन परिसरमा रहेको महात्मा गान्धीको शालिकमा फूल चढाएका छन्। गान्धी संसद फर्किएसँगै कंग्रेसका नेताहरूले खुसियाली मनाए। उनीहरूले नाराबाजी गरे भने मिठाइ पनि बाँडेका थिए। भारतको सर्वोच्च अदालतले गान्धी माथिको सजायमा गत…

वैदेशिक रोजगारीका लागि युरोपेली देशमा नेपालीको आकर्षण
|

वैदेशिक रोजगारीका लागि युरोपेली देशमा नेपालीको आकर्षण

काठमाडौँ । नेपालीहरूले वैदेशिक रोजगारीका लागि युरोपलाई नयाँ गन्तव्य बनाउँदै गएका छन् । खाडी मुलुक केन्द्रित हुँदै आएको पछिल्ला वर्षहरूमा भने युरोपतिर ध्यान जान थालेको देखिन्छ । वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा खाडी मुलुकसँग युरोपका विभिन्न मुलुकमा समेत नेपाली श्रमिकहरूको संख्या बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७९÷०८० मा युरोपका रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड, माल्टा…

साउदीमा दुवै मिर्गौला फेल भएका साफी नेपाल फर्किए
|

साउदीमा दुवै मिर्गौला फेल भएका साफी नेपाल फर्किए

काठमाडौँ । साउदीमा दुवै मिर्गौला फेल भएका एक नेपालीलाई स्वदेश फर्काइएको छ । रोजगारीको सिलसिलामा साउदी पुगेका सर्लाहीका शिव चरण साफीलाई स्वदेश फर्काइएको हो । दुवै मिर्गौला फेल भएपछि उपचारको क्रममा रहेका साफीलाई विभिन्न सङ्घ संस्थाको सहयोगमा नेपाल पठाइएको हो । कम्पनीमा काम गर्ने क्रममा उनी बिरामी परेका थिए । अस्पताल भर्ना भएर परीक्षणको क्रममा…

अमेरिकामा आगामी मे ११ बाट कोभिड आपतकाल अन्त्य हुने वाइडेनको घोषणा
|

अमेरिकामा आगामी मे ११ बाट कोभिड आपतकाल अन्त्य हुने वाइडेनको घोषणा

कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने भएको छ। अमेरिकी राष्ट्रपति जो वाइडेनले सोमबार कंग्रेसलाई दिएको जानकारी अनुसार आगामी मे ११ बाट तीन वर्षदेखि देशमा जारी कोभिड-१९ रोकथामका लागि लगाइएका दुई वटा आपतकाल अन्त्य गर्न लागेका हुन्। पछिल्लो समय विश्वका अधिकांश मानिसहरू सामान्य अवस्थामा फर्किएको भन्दै ह्वाइटहाउसले…

अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउँदै
|

अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउँदै

अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै छन्। नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो। नुल्याण्ड दुई दिन नेपालमा रहने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालय जानकारी दिएको छ।  उनले नेपाल बसाईमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्नेछिन्। Source : Setopati

आइपुगे चीनका नयाँ राजदूत सङ
|

आइपुगे चीनका नयाँ राजदूत सङ

नेपालका लागि चीनका नयाँ राजदूत काठमाडौं आइपुगेका छन्। काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार नवनियुक्त राजदूत चेन सङ आइतबार काठमाडौं आइपुगेका हुन्। काठमाडौं आएपछि राजदूत सङले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसका विभिन्न आयाम रहेको उल्लेख गरेका छन्। नेपाल-चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुबै देशका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू…

ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए शपथ
|

ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए शपथ

लुला इनासियो लुला दा सिल्भाले ब्राजिलको नयाँ राष्ट्रपतिको रूपमा पद तथा गोपनियताको शपथ लिएका छन्। आइतबार कार्यभार सम्हालेका लुला तेस्रोपटक देशको सर्वोच्च पदमा पुगेका हुन्। उनले यसअघि सन् २००३ र सन् २०१० मा देशको नेतृत्व गरेका थिए। अक्टोबरको चुनावमा उनले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई हराएका हुन्। उनले पूर्वराष्ट्रपति जाइर बोल्सोनारोको लोकतन्त्र विरोधी चुनौतीको आलोचना गर्दै दक्षिण पन्थी…