कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या
| |

कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या

तनहुँ । देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बनेको छ । यहाँबाट करोडौ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैं झेल्नुपरेको हो । यहाँ उत्पादित सुन्तला तनहुँ, पोखरा, चितवन, काठमाडौसम्म पुग्ने गरेको छ । यस वडाको छिपछिपे, बाटक, छापस्वाँरा, दगरा, लुङ्ग्रिङबाट करोडौ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको कृषक…

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
| | |

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

सुनसरी । करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आएका छन् । उनले विसं २०७४ मा स्थापना गरेको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक रु ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएको बताए । घलेले एक बिघा क्षेत्रफलमा खेती…

गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ
| | |

गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ

तेह्रथुम । नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय धेरै व्यक्ति कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् । खास गरी युवा पुस्ताले कृषि क्षेत्रलाई अँगाल्न छाड्दै गएका छन् ।  वैदेशिक रोजगारी र बसाइसराइले गाउँका कैयौँ खेतीयोग्य जमिन बाझिँदै गएका छन् । यद्यपि, तेह्रथुमको म्याङलुङ नगरपालिका–६…

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित
| | |

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

खोटाङ । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् ।  पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरू भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृषक…

दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
| |

दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्दैनन् । आवाजको भरमा मान्छे चिन्नुहुन्छ । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ । शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाएका छन् । कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका लागि १३ वर्ष…

बिरामीको अवस्था गम्भीर भएपछि बीएण्डसी अस्पतालमा विवाद
| | |

बिरामीको अवस्था गम्भीर भएपछि बीएण्डसी अस्पतालमा विवाद

झापा । बिरामीको अवस्था गम्भीर भएपछि विरामीका आफन्तहरुले बिर्तामोडको बीएण्डसी अस्पतालमा विवाद गरेका छन् । बीएण्डसी अस्पतालस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा भद्रपुर –७ बस्ने बर्ष ४४ का दशरथ तामाङ क्यान्सर सम्बन्धी बिरामी भई भर्ना भएका थिए । उपचारका क्रममा हिजो शल्यक्रिया गरेपश्चात् बिरामीको अवस्था गम्भीर भई भेन्टिलेटरमा राखिएको थियो । आज साँझ ७ बजेतिर चिकित्सकको लापरबाहीले…

जङ्गली हात्ती भगाउन माहुरी पालन
| | |

जङ्गली हात्ती भगाउन माहुरी पालन

कञ्चनपुर।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीहरूका किसानले जङ्गली हात्तीका कारण रातभर जााग्रम बस्नुपर्ने बाध्यता छ । खेतमा लगाइएका धान, मकै, उखुलगायतका बाली हात्तीले खाएर र खुट्टाले नोक्सानी पुर्‍याउने गरेको छ । खेतबारीमा लगाएको अन्नबाली, उखुलगायतको नगदेबालीमा जोगाउनका लागि किसानले रातभरि खेतमै जाग्राम बस्नुपरेको हो । आगो देखाएर, पटाका पड्काएर र टिन ठटाएर हात्तीको…

देउकुमारको कृषि फार्ममा तीस लाखको रायोको साग
| | |

देउकुमारको कृषि फार्ममा तीस लाखको रायोको साग

झापा। भद्रपुर नगरपालिका–१ का देउकुमार लिङ्देनको कृषि फार्ममा यति बेला रायोको साग बिक्रीका लागि तयार भएको छ । उनले यस वर्ष दुई स्थानमा गरी एक बिघा जमिनमा बेमौसमी रायोको साग लगाएका छन् ।  “दैनिक चार पाँच क्विन्टल जति उत्पादन हुन्छ”, लिङ्देनले भने, “बजारमा प्रतिकेजी रु एक सयदेखि १२० सम्ममा बिक्री हुँदै आएको छ । यसपालि…

चिया श्रमिकले बन्द गरे झापाका चारवटा चिया बगान
| | | |

चिया श्रमिकले बन्द गरे झापाका चारवटा चिया बगान

झापा । झापाका चिया श्रमिकहरूले चारवटा चिया बगान बन्द गरेका छन् । आफ्ना विभिन्न मागहरु ३० दिने अल्टिमेटमभित्र पूरा नभएपछि श्रमिकहरूले भद्रपुरको गौरीशंकर , रिद्धिगणेश , सूर्य र मेचीनगरको नाज टी इस्टेटमा हडताल गरेका हुन् । गौरीशंकर, रिद्धिगणेश र सूर्य टी इस्टेटमा साउन १८ देखि र नाज टी इस्टेटमा हिजोदेखि उनीहरूले काम बन्द गरेका हुन्…

बिर्तामोडका किसानलाई समर्थन मुल्य वापतको १२ लाख ८१ हजार हस्तान्तरण
| | | |

बिर्तामोडका किसानलाई समर्थन मुल्य वापतको १२ लाख ८१ हजार हस्तान्तरण

बिर्तामोड । बिर्तामोड नगरपालिकाले २४ जना कृषकहरुलाई समर्थन मूल्य रकम हस्तान्तरण गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच आज नगर प्रमुख पवित्रा महतारा प्रसाईले १२ लाख ८१ हजार ८ सय ८७ रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नु भएको हो । समर्थन मूल्य प्राप्त गर्ने कृषकहरुमध्ये सबैभन्दा थोरै २ सय ८ रुपैयाँ प्राप्त गर्ने वडा…