Skip to content
इखरीपाटी
  • गृहपृष्ठ
  • समचार
  • राजनीति
  • आर्थिकExpand
    • कृषि
    • पर्यटन
    • विजनेस
  • स्वास्थ्य
  • शिक्षा
  • प्रबिधि
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • प्रवास
  • अन्यExpand
    • समाज
    • अपराध
    • विचार संवाद
इखरीपाटी

गाउँमै नुन पाउँदा उजेलियो अनुहार

कालिकाेट । कालिकोटको महावै गाउँपालिका बिर्तामोडका जर्मा सिंहको मुहारमा शुक्रबार बेग्लै चमक थियो । नहोस् पनि किन, १५ सयभन्दा बढी रुपैयाँ र पूरै एक दिन खर्चेर हिँड्दै सदरमुकाम मान्म पुगेपछि मात्र नुन देख्न पाउने जर्माले शुक्रबार घरनजिकै खुलेको डिपोबाट पाँच किलो नुन पाएकी थिइन् । 

उनको जस्तै खुसी पंख थापाको अनुहारमा पनि देखिन्थ्यो । वर्षौँपछि गाउँमा नुन पाउँदा केहीबेर उनलाई पत्यारसमेत लागेन । पछि उनले पनि एक किलोका पाँचवटा प्याकेट हातमा थापे । ‘यति नुन लिन एक दिन हिँडेर सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता छ । एकपटक सदरमुकाम जाँदा–आउँदा १५ सयभन्दा बढी पैसा खर्च हुन्छ । यस्तोमा गाउँमै नुन पाएपछि खुसी नलाग्ने कुरै भएन,’ पंखले नयाँ पत्रिकासँग भने । 

घरनजिकै नुन पाउँदा खुसी देखिएकी जर्मा र पंखजस्ता अरू सबै स्थानीयलाई अहिले राखिएको डिपो अस्थायी हो भन्ने सुनेर भने केही दुःख लागेको छ । नुन लिन सदरमुकाम धाउनुपर्ने बाध्यता सदाका लागि हटिदिए हुन्थ्यो भन्ने उनीहरूको चाहना छ । महावै गाउँपालिका सदरमुकाम मान्मदेखि निकै टाढा मात्र छैन, विकट पनि छ । त्यसैले यहाँका स्थानीयले अन्य खाद्यवस्तु मात्र होइन, नुनकै लागि पनि सास्ती खेप्दै आएका छन् । यसैमा केही राहत होला कि भनेर गाउँपालिकाले अस्थायी डिपो राखेर नुन वितरण गरेको पालिका अध्यक्ष खेमबहादुर सिंहले बताए । 

‘आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउन र नुन लिन सदरमुकामसम्म धाउनुपर्ने स्थानीयलाई राहत दिन पालिकाको पायक पर्ने ठाउँबाट वितरण गरेका हौँ,’ उनले भने, ‘तर, अहिले यो व्यवस्था अस्थायी मात्र हो ।’ उपाध्यक्ष दानसिंह सेजुवालले साल्ट ट्रेडिङ कर्पोरेसनको कालिकोट शाखा कार्यालयसँगको समन्वयमा गाउँपालिकाले गाउँमा अस्थायी डिपो स्थापना गरेर सेवा दिएको बताए । नयाँ पत्रिकाबाट

Share this:

  • Facebook
  • X

Like this:

Like Loading...

प्रबन्ध निर्देशक
सुभाषकुमार ढकाल

सम्पादक
शम्भु दाहाल
९८५२६७४१९०
shambhu.dahal7.sd@gmail.com

सूचना विभाग दर्ता न.
३७०४-२०७९/०८०

© 2025 इखरीपाटी

Scroll to top
  • गृहपृष्ठ
  • समचार
  • राजनीति
  • आर्थिक
    • कृषि
    • पर्यटन
    • विजनेस
  • स्वास्थ्य
  • शिक्षा
  • प्रबिधि
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • प्रवास
  • अन्य
    • समाज
    • अपराध
    • विचार संवाद
Search
%d