Skip to content
इखरीपाटी
  • गृहपृष्ठ
  • समचार
  • राजनीति
  • आर्थिकExpand
    • कृषि
    • पर्यटन
    • विजनेस
  • स्वास्थ्य
  • शिक्षा
  • प्रबिधि
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • प्रवास
  • अन्यExpand
    • समाज
    • अपराध
    • विचार संवाद
इखरीपाटी

झापामा तीनजना सवार मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा । झापाको हुलाकी राजमार्गमा तीनजना सवार मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मोटरसाइकलमा सवार तीनै जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–३ का अन्दाजी ४० वर्षीय अकालु माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

गौरीगञ्ज- १ मा गएराति सवा ९ बजेको  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ४ प ४२२४ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो । ठक्करबाट साईकल यात्री माझीको टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । 

त्यस्तै मोटरसाइकलमा सवार गौरीगञ्ज- १ बस्ने अन्दाजी ३५ वर्षीय खोदनारायण महतो, सोही ठाउँका अन्दाजी २५ वर्षीय रतनसिंह राजवंशी र अन्दाजी २२ वर्षीय विकास महतो गम्भीर घाइते भएका छन् । घाइते खोदनारायणको बीएण्डसी अस्पताल बिर्तामोड, रतनसिंहको निम्स अस्पताल दमक र विकासको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ । 

Share this:

  • Facebook
  • X

Like this:

Like Loading...

प्रबन्ध निर्देशक
सुभाषकुमार ढकाल

सम्पादक
शम्भु दाहाल
९८५२६७४१९०
shambhu.dahal7.sd@gmail.com

सूचना विभाग दर्ता न.
३७०४-२०७९/०८०

© 2025 इखरीपाटी

Scroll to top
  • गृहपृष्ठ
  • समचार
  • राजनीति
  • आर्थिक
    • कृषि
    • पर्यटन
    • विजनेस
  • स्वास्थ्य
  • शिक्षा
  • प्रबिधि
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • प्रवास
  • अन्य
    • समाज
    • अपराध
    • विचार संवाद
Search
%d