Skip to content
इखरीपाटी
  • गृहपृष्ठ
  • समचार
  • राजनीति
  • आर्थिकExpand
    • कृषि
    • पर्यटन
    • विजनेस
  • स्वास्थ्य
  • शिक्षा
  • प्रबिधि
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • प्रवास
  • अन्यExpand
    • समाज
    • अपराध
    • विचार संवाद
इखरीपाटी

नुवाकोट प्रहरी प्रमुख थापा जिम्मेवारीबाट हटाइए

काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही सिफारिसमा परेका नुवाकोटका जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसिएको छ ।

सुन तस्करीको अनुसन्धानबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सुन तस्करीबारे अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको निष्कर्ष निकालिएको छ ।

त्यसक्रममा सीआईबी प्रमुख किरण बज्राचार्य, एसपी थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही सिफारिस भएको छ । कारबाही सिफारिस भएपछि थापालाई नुवाकोट प्रहरी प्रमुखबाट एक उच्च अधिकृतले बताए ।

डीएसपी दाहाल र कुँवरलाई पनि प्रहरी प्रधान कार्यालय तानिसकिएको छ । सीआईबी प्रमुख बज्राचार्यलाई पनि त्यहाँबाट हटाएर नयाँ प्रमुख पठाइएको छ ।

नुवाकोटबाट हटाइएका एसपी थापा र डीएसपी दाहालमाथि सुन तस्करी प्रकरणका अभियुक्त जीवन चलाउनेसँग ६० लाख रुपैयाँ मागेको आरोप समेत छ । सीआईबीमा हुँदा उनले सुन तस्करीबारे अनुसन्धानको नेतृत्व गरेका थिए ।

चलाउनेलाई एसपी थापाको कोठामा कागज गराएर अधिकृतहरुले छाडेका थिए । त्यसको केही दिनपछि ‘बाजेको सेकुवा रेष्टुरेन्ट’मा बोलाएर आफूलाई पैसा मागिएको जीवनले बयान दिएका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा दोषीहरुलाई उन्मुक्ति दिने सबैलाई कारबाही गरिने बताएका छन् ।

Share this:

  • Facebook
  • X

Like this:

Like Loading...

प्रबन्ध निर्देशक
सुभाषकुमार ढकाल

सम्पादक
शम्भु दाहाल
९८५२६७४१९०
shambhu.dahal7.sd@gmail.com

सूचना विभाग दर्ता न.
३७०४-२०७९/०८०

© 2025 इखरीपाटी

Scroll to top
  • गृहपृष्ठ
  • समचार
  • राजनीति
  • आर्थिक
    • कृषि
    • पर्यटन
    • विजनेस
  • स्वास्थ्य
  • शिक्षा
  • प्रबिधि
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • प्रवास
  • अन्य
    • समाज
    • अपराध
    • विचार संवाद
Search
%d