Skip to content
इखरीपाटी
  • गृहपृष्ठ
  • समचार
  • राजनीति
  • आर्थिकExpand
    • कृषि
    • पर्यटन
    • विजनेस
  • स्वास्थ्य
  • शिक्षा
  • प्रबिधि
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • प्रवास
  • अन्यExpand
    • समाज
    • अपराध
    • विचार संवाद
इखरीपाटी

शुभसाइतको सुरुभयो कुसाइत, सञ्चालक समितिविरुद्ध पक्राउ पुर्जी जारी

बचतकर्ताको लाखौँ रकम डुब्यो, अध्यक्ष र उपाध्यक्ष खोज्दै प्रहरी

झापा । बचतकर्ताको लाखौँ रकम हिनामिना गरेको आरोप लागेका भद्रपुर–१० स्थित शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।  कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको पत्रअनुसार झापा जिल्ला अदालतको अनुमतिमा जिल्ला प्रहरी कार्यालय झापाले फागुन ३० गते सञ्चालक समितिविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। 

संस्थाका अध्यक्ष भद्रपुर–६ निवासी राजु भन्ने मदन श्रेष्ठ, संस्थाका उपाध्यक्ष भद्रपुर–८ निवासी सञ्जोक गिरीसहित ७ जनाको नाममा पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ। पक्राउ पुर्जी जारी गरेसँगै अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष गिरी फरार रहेका छन्। उनीहरू घरमा पनि नरहेकोले खोजी कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ। अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष गिरीबाहेक अन्य पाँच जना सदस्य यतै छन्। ‘उनीहरूलाई उपाध्यक्ष गिरीले जबरजस्ती सञ्चालक समितिमा राखेका रहेछन्,’ एक प्रहरी अधिकृतले भने, ‘बचतकर्ताको रकम अपचलन गराउने मुख्य योजनाकार उपाध्यक्ष हुन्, उनी नै फरार भए।’ उनी पक्राउ परेपछि घटनाको यथार्थ बाहिर आउने उनको भनाइ छ। 

सहकारीका पीडित शेयर धनी तथा बचतकर्ताहरूको संघर्ष समितिले फागुन १४ गते प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीमा रकम हिनामिना गरेको भन्दै सञ्चालक समितिविरुद्ध उजुरी दिएका थिए। रजिस्ट्रार कार्यालयले सोही उजुरी बमोजिम अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउनु भन्दै प्रहरी कार्यालय झापालाई पत्राचार गरेको थियो। 

सोही पत्राचार अनुसार प्रहरीले सहकारी शेयर सदस्यहरूले जम्मा गरेको शेयर पुजी र बचत रकम समिति वा सदस्य व्यवस्थापक वा कर्मचारीले हिनामिना एवं अपचलन गरेको मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ। 

२०७७ सालमा स्थापना भएको शुभसाइत सहकारीमा हाल करिब दुई हजार सदस्य आबद्ध छन्। कूल ३० लाख शेयर पुँजी रहेको सहकारीले करिब २ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने जनाइएको छ। भद्रपुर–१० प्रधान कार्यालयको ठेगाना रहे पनि भद्रपुर–६ मा शुभ साइतले कार्यालय स्थापना गरी कारोबार गर्दै आइरहेको थियो। हाल सहकारीको कार्यालय बन्द छ। 

Share this:

  • Facebook
  • X

Like this:

Like Loading...

प्रबन्ध निर्देशक
सुभाषकुमार ढकाल

सम्पादक
शम्भु दाहाल
९८५२६७४१९०
shambhu.dahal7.sd@gmail.com

सूचना विभाग दर्ता न.
३७०४-२०७९/०८०

© 2025 इखरीपाटी

Scroll to top
  • गृहपृष्ठ
  • समचार
  • राजनीति
  • आर्थिक
    • कृषि
    • पर्यटन
    • विजनेस
  • स्वास्थ्य
  • शिक्षा
  • प्रबिधि
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • प्रवास
  • अन्य
    • समाज
    • अपराध
    • विचार संवाद
Search
%d