आजको मौसम
झापा । न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेशमा आज दिउँसो आंशिक बदली रहने सम्भावना रहेको छ । राति मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।