अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपालको सुखद सुरुवात
झापा । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलको ११औं मिनेटमा विमला चौधरीले गरेको गोल नै निर्णायक भएको छ ।
सविता रानामगरको क्रसमा उत्कृष्ट हेडर गर्दै विमलाले जाली चुमाएकी थिन् ।
खेलमा किर्गिस्तानलाई दबाबमा राखेको नेपालले त्यस पछि गोल गर्न भने सकेन । जितसँगै नेपालले तीन अंक हासिल गरेको छ । यसअघि आज दिउँसो भएको खेलमा म्यानमारले लेबनानलाई ३–१ ले हराउँदै विजयी सुरूवात गरेको थियो ।