दाङमा बस दुर्घटना : १५ जना घाइते
दाङ । दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश०००१ ख ०७०१ नम्बरको रात्री बस मंगलबार राति बबई गाउँपालिका-२ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको हो ।
घाइतेको उद्धार गरी राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । गाडीमा ६०भन्दा बढी यात्रु रहेको र गाडी अनियन्त्रित भएर पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।