सामाजिक र्कायमा सक्रिय कदम चाल्दै रोङ विद्यार्थी एकता
झापा, श्रावन २ । रोङ विद्यार्थी एकता समितिले एक बेवारिसे महिलाको उद्धार गरेको छ । विगत लामो समयदेखि रोङ गाँउपालिका ३ कोल्बुङस्थित बेवारिसे अवस्थामा महिलाको उद्धार गरिएको हो ।नेपाली बोल्न नजान्ने तर बुझ्ने, भारतीय जस्तो देखिने ती महिलालाई असार ३१ गते साँझ ६ बजे तिर उद्धार गरी इटहरीमा रहेको माया घर नेपाल र्पुयाएको छ ।
रोङ गाँउपालिका, अर्जुनधाराका कौशल भण्डारी, रोङका निङमा रेन्जी शेर्पा, युद्ध प्रधान र सोनाम लेप्चाको विशेष सहयोगमा वृद्ध महिलालाई माया घर र्पुयाइएको हो । रोङ विद्यार्थी एकता समितिले एक वर्षअघि रोङ गाँउपालिका ४ बाट एक बेवारिसे महिलालाई उद्धार गरी माया घर नेपाल इटहरीमा राखेको थियो ।
के हो रोङ विद्यार्थी एकता समिति ?
रोङ विद्यार्थी एकता समिति रोङ बाहिर बसोबास गर्ने तर रोङका विद्यार्थीहरुको संस्था हो । जसमा रोङका ६ वटै वडाबाट विद्यार्थीहरु संलग्न रहेका छन् । यस समितिले रोङ भित्र तथा बाहिर रहेका विद्यार्थीहरुका लागि शैक्षिक तथा अन्य क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको छ । रोङ भित्रका विद्यालयहरुलाई शैक्षिक स्तर सुधारका लागि समयसमयमा सचेत गराउदै आइरहेको छ । पछिल्लो समयमा रोङ विद्यार्थी एकता समिति रोङ बाहिर बसोबास गर्ने विद्यार्थीहरुको लागि अभिभावक बनेको छ । रोङ विद्यार्थी एकता समितिको पहलमा रोङका विद्यार्थीहरुलाई बिर्तामोडमा एक वर्षसम्म ५० प्रतिशत छुटमा कम्प्युटर सिकाउने व्यवस्था गरिएको थियो । यसैगरी रोङ ३ स्थित शारदा आधारभूत विद्यालयमा करिब २९ जनालाई झोला वितरण र गाँउपालिकालाई डस्टविन वितरण गरेको थियो ।
यति मात्र नभएर यस समितिले स्थापनाकालदेखि हालसम्म विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । झोला वितरणपछि रोङ गाँउपालिका ४ बाट एक बेवारिसे महिलालाई उद्धार गरेको थियो ।
केही महिना अघि प्रेम दिवसको अवसर पारेर यस समितिले ट्राफिक प्रहरी जोरकलशका प्रहरीहरुलाई सम्मान साथै सवारी चालकहरुलाई फूल दिएर सवारीमा ‘मेरो परिवार र यात्रुको जिम्मेवारी म मा’ जस्ता पर्चाहरु टासेर ट्राफिक सचेतना कार्यक्रम गरेको थियो ।
स्थापनाकालदेखि हालसम्म यसले भिन्न भिन्न संस्थासँग समन्वय गरेर समयसमयमा रक्तदान कार्यक्रमहरु गर्दै आएको छ र कसैलाई रगतको आवश्यकता परेको खण्डमा तत्कालिन रगतको बन्दोबस्त गरेर सहयोग गर्दै आएको छ । यसैगरी भक्तजनहरुको सहजता र स्वच्छ वातावरणका लागि यस समितिको पहलमा र्भखरै मात्र पाथिभरा मन्दिर परिसर सरसफाई गरिएको साथै सामाजिक परिवर्तनका लागि युवाहरुसँग युवाको अन्र्तक्रिया कार्यक्रम पनि गरिएको थियो ।
आगामी दिनहरुमा विद्यार्थी लक्षित कार्यमा साथैै स्वास्थ्य, शिक्षा र युवाका मुद्दाहरुका विषयमा सधैं तत्पर रहने समितिको उद्येश्य रहेको समितिका अध्यक्ष बिमल कट्टेल बताउनुहुन्छ ।