कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने

नेपाली कांग्रेसको केन्द्रीस समिति बैठक आज सकिँदै छ।

आज अपराह्न ४ बजे बस्ने बैठकले विभिन्न निर्णय गर्दै असार २ गतेदेखिको बैठक समापन हुनेछ।

त्यसअघि सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूसँग केन्द्रीय समिति बैठकबाट गर्ने निर्णयहरुबारे छलफल गर्नेछन्।

देउवाले मंगलबार पनि पदाधिकारीहरूसँग छलफल गरेका थिए।

पदाधिकारी बैठकले  तयार पारेको निर्णयको मस्यौदा केन्द्रीय समितिमा अनुमोदनका लागि प्रस्तुत गरिन्छ।

निर्णय अनुमोदन भएपछि ८ दिनदेखिको केन्द्रीय समिति बैठक आज सकिनेछ।

Source: Setopati

Similar Posts