प्रधानमन्त्री प्रचण्ड र साउदी राजदूतबीच भेटवार्ता
![](https://ekharipati.com/wp-content/uploads/2023/08/366073339_193395810392135_4018611072575787334_n-1_mv6tvJSqcW-1024x1024.jpg)
काठमाडौँ । नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीलाई भेट्न सोमबार राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीको कार्यालयअनुसार दुईजनाबीच नेपाल र साउदी अरबबीचको द्विपक्षीय सहकार्यको विषयमा छलफल भएको थियो ।
Source: Ratopati