पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो
![](https://ekharipati.com/wp-content/uploads/2023/10/thumb-1.jpg)
काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।
![](https://ekharipati.com/wp-content/uploads/2023/10/oil-15102023035714-1000x0-1.jpg)
Source: Kantipur