प्याब्सनको नृत्य प्रतियोगितामा बेल्स मोडेल दुई बिधामा विजयी
रञ्जित प्रसाई
बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) झापाद्वारा आयोजित नृत्य प्रतियोगितामा बिर्तामोड-७ को बेल्स मोडेल इङलिस स्कुल दुइवटा बिधामा विजयी भएको छ । प्याब्सन झापाको वार्षिक कार्यक्रमअन्तर्गत बिर्तामोडस्थित कोहेड कलेजमा बुधबार र बिहीबार भएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको नृत्य प्रतियोगितामा बेल्स मोडेल इङलिस स्कुल दुइवटा बिधामा विजयी भएको हो ।
माध्यमिक तहको नृत्य प्रतियोगितामा वेल्स इङलिस स्कूल र कोहेड एजुकेशन फाउण्डेशन प्रथम भएका थिए । त्यस्तै माध्यमिकतहको नृत्य प्रतियोगितामा न्युटन्स एजुकेसन एकेडेमी विजयी भएको छ । प्राथमिक तह(कक्षा १–५ )अन्तर्गतको सामुहिक नेपाली आधुनिक गीत नृत्य प्रतियोगितामा बेल्स मोडेल इङलिस स्कूल प्रथम, चिल्ड्रेन इन्भाइरोमेन्ट स्कूल द्वितीय र कञ्चन इङलिस स्कूल तृतीय भएका थिए भने निम्न माध्यमिक तह (कक्षा ६–८ )अन्तर्गतको राष्ट्रिय गीत नृत्य प्रतियोगितामा न्युटन्स एजुकेसन एकेडेमी प्रथम, बुद्ध स्मृति एजुकेसन फाउण्डेसन द्वितीय र चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल तृतीय भएको प्याब्सन बिर्तामोडका सचिव सुरेन्द्र खरेलले जानकारी दिए ।
त्यस्तै प्रतियोगिता अन्तर्गत बिहीबार भएको माध्यमिक तह (कक्षा ९–१२ )को सांस्कृतिक नृत्य तर्फ वेल्स इङलिस स्कूल र कोहेड एजुकेशन फाउण्डेशन प्रथम भएका छन् भने कञ्चनजंघा इङलिस हाई स्कूल दोस्रो र चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल तेस्रो भएको वेल्स इङलिस स्कूलका प्रिन्सिपल तारा कुमार प्रसाईले जानकारी दिए । प्रतियोगिताका प्रथमले आगामी पुस १ र २ गते दमकको पशुहाटमा हुने प्याब्सन झापाको जिल्लास्तरीय प्रतियोगीतामा भाग लिने उनले बताए ।
प्रतयोगिताको निर्णायकमा सुमन योगी, मनिष कटुवाल र प्रनिसा उदास रहेको र प्रतियोगितामा ५० वटा भन्दा वढी बिद्यालयको सहभागिता रहेको बताइएको छ । प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनालको अध्यक्षता तथा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्याब्सन बिर्तामोडका सह–सचिव देबेन्द्र हुुमागाईले स्वागत गरेका थिए ।