|

हात्तीको आक्रमणबाट वन हेरालुको मृत्यु

बिर्तामोड । जलथलमा जंगली हात्तीको आक्रमणबाट बन हेरालुको मृत्यु भएको छ । मृत्यु हुने हल्दीबारी गाउँपालिका ३ निवासी ४० वर्षीय धनबहादुर बन रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

मृतक बन रणकालीन सामुदायिक वन जलथलका हेरालु हुन् । शुक्रबार बिहान करिब ९ बजेको समयमा उनी सामुदायिक वनमा रेखदेखको लागि गएका थिए ।

उनको शव स्थानीयले बिहान १० बजेर ५० मिनेटमा देखेपछि तत्काल प्रहरी चौकी जलथललाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Similar Posts