घुम्नजाने हो झापा ? जानुस् यी ठाउँ
झापा । कुनै समय सम्पन्नले मात्र समय बिताउन घुमफिर गर्न जाने गर्छन् भन्ने मान्यता थियो । तर, अहिले समाज विस्तारै परिवर्तन आएको छ । ठाउँ-ठाउँमा पर्यटकीय स्थलहरू बनिन थालेका छन् । मौका मिलेसम्म मानिसहरू घुमेर व्यस्त जिन्दगीमा एक दिन भए पनि रमाउन हुन चहान्छन् ।
यसै कुरालाई मध्यनगर गर्दै झापामा पनि पछिल्लो समय पर्यटकीय स्थलहरू थपिने क्रम बढेको छ । र्फुसदको समय मिल्ने बितिकै घुम्मनका लागि इलमका पर्यटकीयस्थल पुग्ने झापाली मात्र अहिले जिल्लाका पर्यटकीय स्थलमा भुलिएका छैनन् । घुम्मनका लागि इलाम, भारतको दार्जेलिङलगायतका ठाउँमा हिनेका अन्य जिल्ला पर्यटकलाई पनि झापाले रोकेको छ ।
आठ नगरपालिका र सात गाउँपालिका रहेको झापाको आफ्नो मौलिक विशिष्टता छ । भौगोलिक बनावटले पनि यो जिल्ला अरूको तुलनामा पृथक छ । तराईको समथर भूभागसँगै चुरे क्षेत्रसँग गाँसिएको छ । प्रत्येक स्थानीय तहमा पर्यटकीय ठाउँ छ नभएकोमा निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।
भद्रपुर नगरपालिकामा रहेको किचकबध, अर्नुनधाराको अर्जुधारा जलेश्वरधाम, सादुटार बिर्तामोडको विराटपोखर, मेचीनगरको कृष्ण थम्की, कनकाई नगरपालिकाको कोटीहोम पुराना र पौराणिक महत्व बोकेका पर्यटकीय स्थलको रूपमा रेहेको स्थानीय बताउँछन् ।
मेचीनगरको मिनि माउटेन, बाँसबारी सिमसार, सुन्दर निचा झोडा सिमसार, अर्जुनधाराको सालवारी स्मृति प्रतिष्ठान, कालिका सिमसार क्षेत्र फन वल्र्ड, कनकाईको जामुन खाँडी सिमसार, होपलेण्ड (सेल्फी डाँडा) शिवसताक्षीको दोमुखा, सताक्षीधाम, बिर्तामोडको नेत्रलाल पार्क पछिल्लो समय चर्चामा छन् । होपलेण्ड (सेल्फी डाँडा)मा दैनिक ५ हजार पर्यटक भित्रने गरेको तथ्याङ छ । अन्य दर्जनौँ पर्यटकीय क्षेत्रको पहिचान र विस्तार भइरहेको पर्यटन कार्यालय मेचीले जनाएको छ । धार्मिक, पौराणिक एवम् ऐतिहासिक पर्यटकीयस्थलको अनुपम सङ्गमले झापाको पृथकता पुष्टि गरेको छ । नेपालको सबैभन्दा होचो स्थानदेखि पहाडलाई छोएको हुनाले पनि झापा पर्यटनको राम्रो सम्भावना भएको जिल्लाका रूपमा रहेको क्षेत्रीय पर्यटन कार्यालयका काँकडभिट्टाले जनाएको छ । सरकारले सार्वजानिक गरेको नयाँ पर्यटकीय क्षेत्रमा झापाका चारवटा स्थानलाई समावेश गरिएको छ । पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि नयाँ गन्तव्यहरुको पहिचान गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरुको सूची सार्वजनिक गरेको छ । झापाका बाँसबारी सिमसार पर्यटन पूर्वाधार केन्द्रलाई स्थापित तथा प्रर्वद्धन गर्नुपर्ने गन्तब्यमा र नेत्रलालपार्क बिर्तामोड, गौरादह कृषि पर्यटन क्षेत्र र अर्जुनधारा पर्यटकीय क्षेत्रलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यको रूपमा समावेश गरेको छ । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा–जलेश्वरधामको महत्त्व अझै व्यापक रहेको अर्जुधारा नगरपालिकाका मेयर बलदेव गोम्देनले बताए ।
धामका अध्यक्ष नवीन गट्टानीका अनुसार महाभारत कथासँग इतिहास जोडिएको अर्जुनधारा–जलेश्वरधाममा अर्जुनले वाण हानेपछि निस्किएको पानीबाट पोखरी बनेको विश्वास गरिन्छ । त्यहाँ रहेको पोखरीमा गाईले पानी पिउन लागेको प्रतिमाले पनि पर्यटकहरूलाई मोहित पार्छ । यहाँ प्रत्येक वर्ष बालाचतुर्दशी र साउन महिनाको प्रत्येक सोमबार ठूलो धार्मिक मेला लाग्ने गरेको छ । झापाको सदरमुकाम चन्द्रगढीदेखि १ किमि पूर्व–दक्षिणमा रहेको किच्चकवध ५ वर्षअघि उत्खनन् गरिएको थियो ।
किच्चकबधको इतिहास महाभारतकालीन कथासँग जोडिएको छ । किच्चकवध क्षेत्र पुरातात्विक उत्खनन् गर्दा ८ कोठा भएको भवनको भग्नावशेष फेला परेको स्थानिय हरिलाल राजवंशीले बताए । उन भने, ‘त्यसको तल्लो तहमा अर्को छुट्टै भवनको आकृति छ । जहाँ सबैभन्दा ठूलो कोठा २२ मिटर लामो छ, १० विघा जग्गामा फैलिएको किच्चकबधको यसअघिको उत्खनन्मा ७ मिटर अग्लो र १ सय २३ मिटर लामो सुरक्षा पर्खाल भेटिएको थियो ।’ केचनाकवल नेपालको सबैभन्दा होचो भूभाग हो ।
पर्यटकीय महत्त्व बोकेको केचनाकवल समुन्द्र सतहदेखि ५८ मिटर उचाईमा रहेको छ । चार विघा क्षेत्रफलमा फैलिएको केचनामा कछुवाको आकृतिमाथि २० फिट अग्लो स्तम्भ बनाइएको छ । यो स्तम्भ नेपाल–भारत सीमानाको ५ सयमिटर वर रहेको छ । झापाको मेची नगरस्थित कृष्णथुम्कीको पनि छुट्टै विशेषता छ । मेची नदी र सिद्धि नदीको संगमस्थलमा रहेकाले पनि यसको प्राकृतिक सौन्दर्यता अझै बढेको छ । द्वापरयुगमा भगवान कृष्णले गाई चराएको स्थान भएकाले यसलाई कृष्ण थुम्की नामाकरण गरिएको किम्वदन्ती रहेको छ ।
नेपाल प्रवेशद्वार काँकरभिट्टाबाट १३ किलोमिटर उत्तरमा रहेको कृष्णथुम्कीको वरिपरि ५ ओटा थुम्की रहेका छन् । पाथी आकारका ति थुम्कीलाई पाँच पाण्डवको प्रतिकका रूपमा लिने गरिएको स्थानीयले बताए । आन्तरिक र बाह्य पर्यटकलाई मध्यनजर गरेर नै झापाको भद्रपुर विमानस्थलले रात्रिकालीन सेवाको सुरुवात गरेको नागरिक यड्यान प्राधिकर जनाएको छ ।