सकियो सलकपुरको सुन्तला
गाेविन्द पाैडेल
रोङ । कुनैबेला इलामकै सर्वाधिक सुन्तला उत्पादन हुने रोङ-६ को सलकपुरमा सुन्तला मासिएकाे छ । सुन्तलाबाट मनग्गे आम्दानी गरेर दैनिक जीवन निर्वाह गर्नै किसानहरू अहिले भने वैकल्पिक खेतीमा लागेका छन् ।
किसानहरू अहिले अलैँची,कफी, एभोकार्डाेजस्ता खेतीमा लागेका छन् । सुन्तलाकाे खेतीले वार्षिक कराेडभन्दा बढी रुपैयाँ भित्रने सलकपुरमा सुन्तलामा विभिन्न राेगले बगानै सखाप भएकाे सलकपुरका किसान ईश्वरी अधिकारीले बताए । उनले उक्त सुन्तलाको बोटबाट दाउरा पनि सकिएकाे सलकपुरका किसान ईश्वरी अधिकारीले बताए ।
कुनैबेला सलकपुरकै राम्रो बगानका मालिक रहेका अधिकारीले सुन्तला बारीमा अलैँची,कफी,र एभोकार्डाे राेपेर आम्दानी लिन थालेका छन् । तर, उक्त फलफूलले सुन्तलाजस्ताे धेरै नहुने बताए । यता सलकपुरका अर्का किसान निमा स्याङ्बोकाे पनि बगान मासिएको छ । उक्त बगान पुनर्स्थापनाकाे प्रयासमा भइरहेको उनले बताए ।
यद्यपि निराेगी बाेट भेटिनै मुस्किल भएको बताए । सलकपुरका पुराना बगान सबै मासिए पनि चाेकपुर र आसपासका दुई/चार बगान भने राम्रै रहेको चाेकपुरका मदन बिमलीले बताए । यता सलकपुरमा सुन्तला मासिँदाे क्रममा रहे पनि राेङ ६ कै अन्य ठाउँहरू कुवापानी,जाैवारी, जिर्मलेलगायतका ठाउँहरूमा भने नयाँ स्थान र नयाँ बगानहरूमा सुन्तला खेती राम्रै रहेकाे पाइन्छ । सलकपुरमा याे सिजनमा पहेँलपुर सुन्तला हुँदा भारतीय र नेपालकाे विभिन्न ठाउँहरूबाट पर्यटकहरू आउने, बगानमै सुनला किनेर खाने र लाने हुँदा आर्थिक गतिविधिसमेत राम्राे रहेकाे थियो ।
तर, अहिले सुन्तलासँगै पर्यटक पनि कम भएको स्थानीय घरवास व्यवसायी याम अधिकारीले बताए । अधिकारी पनि सुन्तला किसान अनि केराकाे परिकार बनाएर व्यवसाय संचालन गरेर बसेका युवा हुन् । सलकपुरमा उत्पादन भएकाे सुन्तलालाई बजार अभाव भने थिएन । धेरैले सुन्तलाकाे बगान नै बेच्ने गरेका थिए भने केहीले टिपेर आउने पर्यटकहरूलाई खुद्रा बेचेरै पनि सकिने गरेकाे स्थानीय युवा सुमन तामाङले बताए ।